Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडाैं – १० खेलाडीमा सिमित बंगलादेशले नेपाललाई हराउँदै समूह विजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको छ । अाज ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा भएको साफ यु–१५ च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा बंगलादेशले नेपाललाई २-१ गोल अन्तरमा हराएको हो ।

हार भए पनि नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । दोस्रो मिनेटमा बङ्गलादेशले मोहम्मद अहख सकिलको गोलमा खेलमा अग्रता लिएको थियो । नेपालले ३६ आैं मिनेटमा बराबरी गोल फर्कायो । नेपालका राकेश विश्वकर्मालाई बङ्गलादेशका गोलकिपरले लडाएपछि नेपालले पेनाल्टीको अवसर पाएको थियो । त्यसमा नेपालका जान लिम्बूले सहजै गोल गर्न सफल भए ।

पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफको पहिलो मिनेटमै बङ्गलादेशका मोहम्मख राइओन हवलदारको गोलबाट बङ्गलादेशले अग्रता कायम गरेको थियो । हारसँगै नेपाल प्रतियोगिताको समूह ‘ए’बाट उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । बङ्गलादेश यस जीतसँगै छ अङ्क जोड्दै समूह विजेता बनेर सेमिफाइनलमा प्रवेश गरेको छ ।

तपाईको प्रतिक्रिया