Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेट को लागि अक्सनमा पारस खड्काको चितवन राइनोज र शरद भेषावरकको पोखरा पल्टन बलियो टोलीको रुपमा देखिएको थियो । पोखराले पहिलो खेल जित्दै त्यसलाई सही सावित गरेको पनि थियो थियो तर पारस खड्काको चिवतन भने पहिलो खेलमै बुटवलसँग हार्‍यो ।

पोखरा र चितवनबीचको खेललाई सबैले प्रतिक्षा गरेका थिए । अाज यी दुई टिमबीच खेल भयो। जसमा शरदको पोखराले पारसको चितवनलाई ५ विकेटले पराजित गर्दै आफू बलियो भएको प्रमाणित गर्‍यो । पोखराले अहिलेसम्म ३ खेल खेलिसक्दा दुईमा जित र एकमा हारको नतिजा निकालेको छ। तीन खेलबाट घरेलु टोली पोखराको ४ अंक छ । लगातार दुई खेल जित्दै अपराजित रहेको बुटवल ब्लास्टर्स र काठमाडौँ रोएल्सको पनि समान ४ अंक नै छ । राम्रो रनरेट रहेको बुटवल शीर्ष स्थानमा छ भने पोखरा दोस्रो स्थान उक्लिएको छ ।

उपाधि दाबेदार अर्को टोली चितवन भने लगातार दुई हारपछि अंकविहिन छ । सन्दीप लामिछानेको विराटनगरले पनि लगातार तीन खेल हारिसकेको छ । पोखरा रंगशालमा घरेलु टोली पोखराले चितवनले दिएको १४१ रनको लक्ष्य १७.२ ओभरमा ५ विकेट गुमाएर पुरा गर्‍यो । पोखराको जितमा भारतीय खेलाडी रविइन्दर सिँहले सर्वाधिक ६५ रन बनाए । ४८ बल खेलेका उनले ८ चौका र ३ छक्का प्रहार गरे ।

रनको खाता नखोल्दै दुई ओपनर कुशल भुर्तेल र आसिफ शेखलाई शुन्यमा गुमाएको पोखराको इनिङ्स उकास्न सिंहले रोहित पौडेलसँग तेस्रो विकेटका लागि ७८ रनको साझेदारी गरे। रोहितले १९ रन बनाए । यस्तै कप्तान शरद भेषावकरले ३७ रन जोडे । २० बल खेलेका शरदले समान ३ चौका र छक्का प्रहार गरे । चितवनका लागि करण केसीले ४ ओभरमा १ मेडन राख्दै १९ रन खर्चेर ३ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ५ विकेट गुमाएर १४० नर बनाएको थियो ।

चितवनका लागि भारतीय खेलाडी सन्नि पटेलले सर्वाधिक ४६ रन बनाए । २७ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गर्दै नटआउट ४६ रन जोडे । यस्तै कप्तान पारस खड्काले ४४, सोनु तामाङले १९ रन बनाए । पोखराका विक्रम भुसालले २ विकेट लिए ।

तपाईको प्रतिक्रिया