Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडाैं – काठमाडौँ रोएल्सले पोखरा प्रिमियर लिगमा लगातार दोस्रो जित हात पारेको छ । अाज पोखरा रंगशालमा भएको खेलमा काठमाडौँले विराटनगर टाइटन्सलाई ५ विकेटले पराजित गरेको हो ।

काठमाडौँको जितमा अलाउण्ड प्रदर्शन गर्दै भारतीय खेलाडी गौरव तोमरले २ विकेट लिनुका साथै अर्धशतक बनाए । विराटनगरले दिएको १५० रनको लक्ष्य काठमाडौँले ४ बल बाँकी छदा ५ विकेट गुमाएर पुरा गर्‍यो । जितपछि ज्ञानेन्द्र मल्लको टोलीले अपराजित रहेर बुटवल ब्लास्टर्स समान ४ अंक जोडेको छ । सन्दीप लािमछानेलेको कप्तानीमा रहेको विराटनगरको भने यो लगातार तेस्रो हार हो । यस हारपछि विराटनगरलाई फाइनल तर्फको यात्रा तय गर्न कठिन बनेको छ ।

काठमाडौँलाई जित दिलाउन विदेशी खेलाडी गौरव तोमरले लगातार दोस्रो खेलमा पनि अर्धशतक प्रहार गरे । उनले ४६ बल खेल्दै ६ चौका र ३ छक्काको मद्दतमा ६६ रन बनाए । यस्तै अमित श्रेष्ठले ३५ तथा कप्तान ज्ञानेन्द्रले १७ रन जोडे । अन्तिम ओभरको दोस्रो बलमा छक्का प्रहार गर्दै जित दिलाएका अमर सिंह राउटेला ९ रनमा नटआउट रहे । विराटनगरका शहाब आलमले २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४९ रन बनाएको थियो । उसका लागि मुहमद जैद आलमले सर्वाधिक ६७ रन बनाए ।  उनले ४७ बल खेल्दै ७ चौका र ४ छक्का प्रहार गरे । सुनिल धमला र राजेश पुलामी मगरले ३०-३० जोडे । काठमाडौँका सुशन भारी, बसन्त रेग्मी र गौरब तोमरले २-२ विकेट लिए ।

तपाईको प्रतिक्रिया