Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

पोखरा – पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत विराटनगर टाइटन्सले हुलास काठमाडौं रोयल्सलाई १ सय ५० रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले ७ विकेटको क्षतिमा १ सय ४९ रन जोड्यो।

पोखराका लागि ओपनिङ ब्याट्सम्यान मोहमद जायद अलामले अर्धशतक प्रहार गरे। उनले ४७ बलमा ६७ रन जोडे। विराटनगरको इनिङ उकास्ने क्रममा पाकिस्तानको यू-१९ टिमबाट खेलिसकेका जायदले ७ चौका र ४ चौका प्रहार गरे। अर्का ओपनर सुनील धमलाले ३० रन जोडे। २९ बल खेलेका धमलाले १ चौका र ३ छक्का हिर्काए। राजेश पुलामी मगरले ३० रनको योगदान गरे। उनले २७ बल खेलेर समान १-१ चौका र छक्का हिर्काए।

एन्ड्रिउ सुविक्षणले ४ रन र पुष्प थापा १ रनमै आउट भए। प्रदीप ऐरीले रनआउट हुनुअघि ५ बलमा ९ रन जोडे भने राजु रिजाल १ रनमै आउट भए। बलिङमा काठमाडौंका गौरव तोमर, बसन्त रेग्मी र सुसन भारी समान १-१ विकेट लिन सफल भए।

जारी प्रतियोगितामा विराटनगरले सुरुवाती २ खेल हारिसकेको छ भने काठमाडौंले पहिलो खेलमा जित हात पारेको थियो।

तपाईको प्रतिक्रिया