Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं –  पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) मा सोमबार पनि २ खेल हुने भएका छन् ।

सोमबार विहान ९ बजे हुने पहिलो खेलमा विराटनगर टाइटन्स र काठमाडौं रोयल्स आमने सामने हुनेछन् ।युवा बलर सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर टाईटन्स लगातार दुई खेलम पराजित भएकाले पहिलो जितको खोजिमा हुने छ ।

यसैगरी नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं रोयल्सको यो दोस्रो खेल हो । पहिलो खेलमा काठमाडौं रोयल्स धनगढीलाई १७ रनले पराजित गरेको थियो ।

यसैगरी आजै दिउँसो सवा १ बजे चितवन राइनोज र पोखरा पल्टन आमने सामने हुनेछन् । चितवनको नेतृत्व पारस खड्काले गरेका छन् भने पोखरा शरद भेषावकरको कप्तानीमा रहेको छ ।

पोखरा पहिलो खेलमा जित हात पारेको थियो भने दोस्रो खेलमा पराजित भएको थियो । यसैगरी पहिलो खेल  गुमाएको चितवन आजको खेलमा पहिलो जितको खोजिमा हुने छ ।

यो प्रतियोगितामा सोमपाल कामी नेतृत्वको बुटवल बल्लास्टर्सले मात्रै दुबै खेल जितेको छ ।

तपाईको प्रतिक्रिया