Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – यू–१५ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत नेपाली टोलीले साेमबार बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल ललितपुरको सातदोबाटो स्थित एन्फा मैदानमा दिउँसाे साढे २ बजे हुनेछ । सेमिफाइनलमा स्थान बनाइसकेका बंगलादेश र नेपालबीचको खेलले समूह विजेताको तय हुनेछ ।

शनिबार भएको खेलमा बंगलादेशले माल्दिभ्सलाई ९–० ले पराजित गरेको थियो । नेपालले आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई नै ४–० ले हराएको थियो ।

लगातार दुई खेलमा हार बेहोरेको माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको छ । समूह ‘ए’ मा रहेका बंगलादेश र नेपालको समान तीन भएको छ । यस्तै साेमबार बिहान साढे १० बजे भारत र भूटान अामने सामने हुने छन् ।

तपाईको प्रतिक्रिया