Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

पोखरा – पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत सौरभ खनालको बिस्फोटक ब्याटिङको मद्दतमा एक्पर्ट धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई १ सय ८३ रनको लक्ष्य दिएको छ।

पोखरा मैदानमा आइतबार टस हारेर पहिले ब्याटिङ गरेको धनगढी २० ओभरमा १ सय ८२ रनमा अलआउट भयो। धनगढीका लागि सौरभ खनालले १३ बलमा ४१ रन जोडे। अन्तिम बलमा अलआउट हुनुअघि उनले २ चौका र ५ छक्का प्रहार गरे।

पिटर ट्रेगोले अर्धसतक प्रहार गरे। उनले ३८ बलमा २ चौका र ४ छक्काको मद्दतमा ५३ रन जोडे। कप्तान दीपेन्द्रसिंह ऐरीले २९ रन जोडे भने सन्दीप जोराले १२ रन बटुले।

ओपनरद्वय सन्दीप सुनार ९ र ड्यानियल लाउरेन्स २ रनमै आउट भएका थिए। दिलिप नाथ ८ रन र मन्जित श्रेष्ठ १ रनमै आउट भए। योगेन्द्रसिंह कार्कीले ६ रन जोड्दा रोबिन क्षेत्री १० रनमा रनआउट भए।

बलिङमा विराटनगरका जितेन्द्र मुखियाले ४ विकेट लिन सफल भए। सन्दीप लामिछाने, सुनील धमाला, किशोर महतो र मोहमद जइद अलामले समान १-१ विकेट लिए।

तपाईको प्रतिक्रिया