Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – शुक्रबार नेपाल ल्याइएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्वकप क्रिकेटको ट्रफी चन्द्रागिरीमा सार्वजनिक गरिएको छ ।

आइतबार बिहान नेपाली क्रिकेट टोलीका पूर्वकप्तानद्वय उत्तम कर्माचार्य र पवन अग्रवालले ट्रफी सार्वजनिक गरेका हुन् । चन्द्रागिरीमा राखिएको ट्रफीलाई त्यहाँ केहीबेर राखेर आजै प्रधानमन्त्री र सर्वसाधारणलाई समेत  देखाइने कार्यतालिका रहेको छ ।

यही ट्रफीलाई भोलि वसन्तुपर लगिने कार्यक्रम छ । यसअघि  शनिबार पोखरामा ट्रफी प्रदर्शन भइसकेको छ । शुक्रबार नेपाल ल्याइएको ट्रफीलाई ४ दिन नेपाल राखेर सोमबार नेपालबाट लगिने छ ।

निशान कम्पनीको सहायताले विश्वभर प्रदर्शन गर्न लागिएकाे क्रिकेटको विश्वकप ट्रफी नेपालमा पहिलोपटक ल्याइएको हो । फुटबलको ट्रफी भने नेपालमा ल्याइसकिएको छ ।

एक सय दिने विश्व भ्रमणमा रहेको विश्वकप ट्रफी दुबईबाट शुरु भई ओमान, अमेरिका, वेष्टइण्डिज, श्रीलङ्का, पाकिस्तान र बङ्गलादेश हुँदै नेपाल ल्याउन लागिएको बताइएको छ ।

ट्रफी नेपालबाट भारत, न्यूजिल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड र जर्मनी हुँदै इङ्ग्ल्यान्ड लगिनेछ । विश्वकप ट्रफी नेपालसहित २१ देशका ६० शहरमा प्रदर्शन गरिने आइसिसीले जनाएको छ ।

तपाईको प्रतिक्रिया