Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – इटालियन लिग फुटबल सिरी ए मा गएराति युभेन्ट्सले इम्पोलीलाई २–१ ले हराएको छ ।

खेलमा युभेन्टस्का लागि दुबै गोल क्रिश्चियानो रोनाल्डोले गरे ।

खेलको २८ औं मिनेटमा १–० ले पछि परेको युभेन्टस्का लागि रोनाल्डोले दोस्रो हाफको ५४ औं मिनेट र ७० औं मिनेटमा दुई गोल गरे ।

सिरी ए मा गएराती भएका अन्य खेलमा एटलान्टाले पार्मालाई ३–० ले हराउँदा टोरिनो र फियोरेन्टीनाले १–१ गोलको बराबरी खेलेका छन् ।

गएरातिका खेलपछि शीर्ष स्थानको युभेन्ट्सले १० खेलबाट २८ अंक जोडेको छ ।

युभेन्ट्स दोस्रो स्थानको नापोलीभन्दा ७ अंकले अघि छ । एक खेल कम खेलेको नापोलीको २१ अंक छ ।

तपाईको प्रतिक्रिया