नेपालमा जुन समयमा राजतन्त्र थियो, त्यहि समयमा नेपालका राजाले गद्दी आरोहणका समयमा प्रयोग गर्ने पहिरन श्रीपेच हो । श्रीपेचमा ७ सय ५० वटा हिराका टुक्रा रहेका छन । श्रीपेचको टायरामा २ हजार ७ सय टुक्रा छन । श्रीपेचको पछिल्तिर झुण्डिने कल्की बर्ड अफ प्याराडाइज नामक चराको पुच्छर रहेको छ । बर्ड अफ प्याराडाइज दुर्लभ र प्रतिविन्धत चरा हो । कल्की बाहेकका सवै श्रीपेचका भागमा हीरामोती, माणिक, नवरत्न, सुनले जडिएको रहेको छ । २०६५ साल जेठ २९ गते पूर्व राजा ज्ञानेन्द्रले नारायणहिटी दरबार छोड्दा श्रीपेच तत्कालिन गृहमन्त्री कृष्ण सिटौलाको जिम्मा लगाएका हुन ।
आर्थिक वर्ष २०६८/०६९ मा क्याविनेटको निर्णयले नै यसलाई दरबार संग्रहालयको प्रदर्शनी कक्षमा राख्ने निर्णय गरेको थियो । राजाले पहिरने श्रीपेच सोमबारदेखि सर्बसाधारणको लागि भन्दै सार्वजनिक गरिएको छ । नारायणहिटी दरबार संग्रहालयमा रहेको श्रीपेचलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेका हुन । नेपाली जनताको छोराछोरी राष्ट्रको कार्यकारी हुनुपर्छ भन्दै राजतन्त्रको विरुद्ध राजनीतिक दल लागे । देशमा आएको लोकतन्त्र, गणतन्त्र सहितको संघीय संविधान अनुसार देश संघीयतामा गएसँगै नारायणहिटीमा रहेको श्रीपेच सवैको जनचासोको दुईतिहाई बहुमत पाएको जननिर्वाचित कम्युनिष्ट सरकारले सार्बजनिक गर्न कुनै बाधा अड्चन हुने भएन । सरकारको यो कामलाई स्वभाविक रुपमा लिन सकिन्छ । राजतन्त्रको अन्त्य भएसँगै बन्द कोठामा सीमित रहेको श्रीपेच सार्वजनिक गरेर मात्र हुदैन । यदि यसो गरियो भने, सरकारको सस्तो लोकप्रियाता कमाउनको लागि मात्र सीमित हो । सस्तो लोकप्रियाताको लागि गरिएका कामले देश समृद्धि हुदैन । राजतन्त्र ढल्दैमा, श्रेपेच सार्वजनिक गर्दैमा नेपालका आम नागरिकहरुको गौरव मानिदैन । राजतन्त्रको समयमा विश्वमाझ नेपालीको छवि उच्च थियो । राजन्तको अन्त्य भएसँग म नेपाली हुँ स्वतन्त्र रुपमा भन्ने सक्ने हिक्मत कमजोर हुदै गएको छ ।
जनताका मुक्तिको लागि भन्दै देशको कार्यकारी पदमा आसिन हुन पुगेकाहरुले नेपालीहरुको गौरवलाई यर्थावत राख्न नसक्नु दुर्भाग्य हो । राजतन्त्रमा नेपालीहरुका जतिको मान, मयार्दा र गौरवशाली सम्मान थियो अहिले त्यो पहिचान मेटिदै गएको छ । सरकारले राजाको श्रीपेच मात्र सार्बजनिक गदैंमा केही हुदैन । रहस्यमय नारायणहिटी दरबार हत्या काण्ड श्रीपेच जस्तै गरी सवैमाझ सार्वजनिक गर्न सक्नुपर्छ । सत्य, तथ्य के हो ? भन्ने कुरा खोजिनिती नगरी मृत्यु भईसकेको मानिसलाई दोषी बनाई आफु पन्छिनु आफु दोषी हुनु हो । श्रीपेचलाई त सरकारले सार्वजनिक गर्यो तर श्रीपेच कुन राजाको पालामा निर्माण थियो ? श्रीपेचको डिजाइन कसले गरेका थिए ? भन्ने कुराको इतिहास पत्ता लगाएर सार्वजनिक गरिएको भए सरकारको उपलब्धि मानिने थियो । श्रीपेचको इतिहास नेपाली माझ अझै रहस्य छ, दरबारहत्या काण्ड रहस्य जस्तै । नेपालीहरु त्यहि कुरा थाहा पाउन चाहन्छन । श्रीपेचको इतिहास पत्ता लगाउनका लागि रोमन संस्कृतिको नेपालको इतिहास पत्ता लगाउनुपर्छ । त्रिभुवनको पालामा श्रीपेच निर्माण भएको भन्नेमा कुनै सत्यता छैन । विज्ञानले सत्य तथ्य खोज्ने जस्तै सत्य, तथ्यको खोजि गरी सार्वजनिक गर्नुपर्छ । अनुमानको आधारमा बनाईएका प्रमाण निरिह हुन्छन ।
लेखक नेपाल पत्रकार महासंघ दैलेखका कोषाध्यक्ष हुन ।