Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

नेपालीहरुको महान चाड बडा दसैं घरघरमा भित्रिईसकेको छ । नवदुर्गा भवानीको विशेष पूजाआजा र उपासना गरेर हिन्दु धर्मावलम्बीहरुले दसैंलाई घर घरमा भित्र्याई सकेका छन् । घटस्थापनाको दिन जमरा राखेदेखि दसैंको उमंग सुरु हुने यस पर्वमा नौ दिनसम्म नवदुर्गाको पूजा, उपासना गरेर दशौं दिन मान्यजनको हातबाट टीका लगाएपछि दसैं औपचारिक रुपमा समापन हुने गर्दछ । हिन्दु धर्मावलम्बीहरुको सबैभन्दा ठूलो चाड भएकाले पनि यो धर्म मान्नेहरुको बाहुल्यता रहेको नेपालमा यसलाई बिशेष रुपमा मनाउने गरिन्छ । तथापि नेपालमा अहिले दसैं सबैको साझा पर्व र नेपाली संस्कृतिको रुपमा विकास भईरहेको छ ।

दसैं हाम्रो परम्परा र सँस्कृति हो । यसको आफ्नै महत्व छ । तर पछिल्ला दिनहरुमा दसैंलाई पनि आधुनिकता र परिवर्तनको नाममा उच्छृङ्खल बनाईदै गएको आभाष हुन थालेको छ । अनावश्यक तामझाम र तडकभडक गरेर दसैं मनाउने समेत गरेको पाईन्छ । दसैंमा मीठो खाने र राम्रोे लगाउने नाममा नेपाली समुदायमा अस्वस्थ्य प्रतिष्पर्धा हुन थालेको छ । चाड मनाउने नाममा मादक पदार्थ र मासुका लागि हजारौं खर्चिने, गरगहना र लत्ता कपडामा आफ्नो आम्दानीले भ्याउने भन्दा बढि ऋण गरेर भए पनि खर्च गर्ने प्रवृत्ति बढेको छ । यसले पर्वको नाममा बिकृति बढाएको छ । यो पर्वलाई तडकभडक र अनावश्यक तामझाम गरेर भन्दा पनि आपसी सहयोग र भाइचारा बढाउने अवसरको रुपमा लिनुपर्दछ । चाडपर्व मनाउने नाममा गरिने अनावश्यक तडकभडक र अस्वस्थ्य प्रतिष्पर्धाले कसैको हित गर्दैन । दसैंलाई तडकभडक र देखासिकी होइन, यसलाई सांच्चै सबै नेपालीले मान्न र धान्न सक्नेगरी सरल र सहज बनाउनु आवश्यक छ । हाम्रो परम्परा र सँस्कृतिलाई बचाउनुपर्दछ, तर यसलाई पर्वको रुपमा मनाउँदा आफ्नो आर्थिक हैसियतलाई पनि ख्याल गरिएन भने दसैं नभएर दशामा परिणत हुन सक्छ ।

दसैं, बडा दसैं, दशहरा, विजयादशमी आदि नामले प्रचलित छ । यसलाई असत्यमाथि सत्यको विजयको रुपमा हिन्दूहरुले विजया दशमी पर्व मनाउने प्रचलन रहँदै आएको छ । यसलाई एउटा बिशेष साँस्कृतिक महत्वको चाडका रुपमा बिकास गरी सबैको पहुँच हुने पर्व बनाउन सके यसको महत्व र गरिमा अझ बढ्दै जाने देखिन्छ । दसैं विजय र आनन्दको उत्सव हो । असत्यमाथि सत्यको विजय, दानवीय स्वभावमाथि मानवीय स्वभावको विजय, कु-शासनमाथि सु-शासनको विजय, अन्यायमाथि न्यायको विजय, हिंसामाथि अहिंसाको विजय, असुरी शक्तिमाथि दैवीय शक्तिको विजय नै विजयादशमी मनाउनुको मुख्य उद्देश्य हो । बिभिन्न घटना तथा परिघटनाका कारण महत्वपूर्ण र ऐतिहासिक बनेको यो वर्षको विजया दशमी सबै नेपालीहरुका लागि आपसी प्रेम र सद्भावको पनि पर्व बन्न सकोस ।

मुलुकमा शान्ति, सुशासन, स्थिरता र समृद्धि दिने संकल्पसहित राज्य सञ्चालनको बागडोर सम्हालिरहेको दुईतिहाईको वाम सरकारप्रति जनताका अपेक्षा उच्च रहेको पाईन्छ । सोहीअनुरुप अनुभूत हुने गरी सरकारको कार्यसम्पादन सन्तोषजनक हुन नसक्दा जनतामा निराशाका बादल मडारिन थालेका छन् । यसबाट बेलैमा सजग हुँदै बोलेर भन्दा जनतामा सेवा डेलिभरी गरेर सकारात्मक सन्देश प्रवाह गर्न सक्नुपर्दछ । दसैंको शुभकामना !

तपाईको प्रतिक्रिया