Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं –  युएफा नेसन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा ईटाली विजयी भएको छ । नेसन्स लिग ए अन्तर्गत समूह ३ को खेलमा ईटालीले पोल्यान्डलाई १–० ले हरायो ।

खेलमा ईटालीलाई विजयी गराउन क्रिश्चियानो बिरागीले खेलको अन्तिम मिनेटमा निर्णायक गोल गरे । यस्तै नेसन्स लिग बी को खेलमा रुसले टर्कीलाई २–० ले हराउँदा नेसन्स लिग सी का खेलमा ईजरायलले अल्बानियालाई २–० ले तथा मोन्टेनेग्रोले लिथुआनियालाई ४–० ले हराए ।

यसैगरी, अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगलले स्कटल्याण्डलाई ३–१ ले हराएको छ । गएराति स्कटल्याण्डमा भएको खेलमा क्रिश्चियानो रोनाल्डोबिनाको पोर्चगलले सहज जित निकाल्यो ।

खेलमा पोर्चुगललाई जित दिलाउन हेल्डर कोष्टा, इडर र ब्रुमाले एक एक गोल गरे । स्कटल्याण्डका स्टेभेन नैस्मिथले एक गोल फर्काए ।

तपाईको प्रतिक्रिया