Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं –  अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले साउदी अरेबियालाई पराजित गरेको छ। ब्राजिलले शुक्रबार राति भएको खेलमा १० खेलाडीमा सीमित साउदीलाई २–० गोलले हराएको हो।

ब्राजिलका लागि ग्राबियल जेससले खेलको ४३ मिनेटमा गोल गरेर अग्रता दिलाए। ८५ मिनेटमा साउदी १० खेलाडीमा सीमित बन्यो। अल ओवाइसलाई रेफ्रीले सिधा रातो कार्ड देखाउदै मैदान बाहिर पठाएका थिए। दोस्रो हाफको इन्जुरी टाइममा लोभो सिल्भाले ब्राजिलका लागि दोस्रो गोल गरेका थिए।\

अन्य मैत्रीपूर्ण खेलमा कोलम्बियाले अमेरिकालाई ४–२, मेक्सियाकोले कोस्टा रिकालाई ३–२, जापानले पानामालाई ३–०, दक्षिण कोरियाले उरुग्वेलाई २–१ र कतारले इक्वेडरलाई ४–३ गोलले पराजित गरेका छन्।

तपाईको प्रतिक्रिया