Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं –  मलेसियामा सम्पन्न आईसीसी विश्व टी-ट्वान्टी एसिया छनोट समूह ‘बी’ को विजेता बनेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज (शनिबार) स्वदेश फर्कदै छन् ।

नेपाली टोली आज अपरान्ह १२:१५ मा नेपाल आईपुग्ने छन् ।  छनोट अन्तर्गत शुक्रबार सिंगापुरविरुद्धको खेल रद्द भएपछि नेपाल विजेता बनेको थियो । खेल रद्द भएसंगै दुवै टोलीले १-१ अंक पाएका छन् ।

नेपाल र सिंगापुरले एक एक अंक पाएसंगै छनोटमा दुवैले ६ खेलबाट समान ११/११ अंक जोडन सफल भयो । तर, नेट रन रेटको आधारमा नेपाल अघि रहदै विजेता बनेको थियो ।

उपाधिसंगै नेपाल विश्व टी-ट्वान्टी एसिया छनोट समूह ‘बी’ को विजेताको रुपमा दोस्रो चरणको छनोटमा समेत पुगेको छ । नेपालसंगै सिंगापुर उपविजेता र मलेसिया पनि शीर्ष तीनमा रहदै दोस्रो चरणको एसिया छनोटमा पुगेको छ ।

एसिया छनोटमा ७ टोलीले खेल्नेछन् । यस छनोटमा युएई, कुवेत र कतारले यसअघि नै स्थान बनाईसकेको छ । एसिया छनोटबाट शीर्ष दुई टोलीले ग्लोबल छनोटमा स्थान बनाउने छन् ।

१४ राष्ट्रले खेल्ने ग्लोबल छनोटको शीर्ष ६ टिमले विश्वकपमा स्थान बनाउनेछन्  ।  अष्ट्रेलियामा हुने टी-ट्वान्टी विश्वकप सन् २०२० को अक्टोबर १८ देखी १५ नोभेम्बरसम्म हुनेछ । जसमा १६ टोलीले खेल्नेछन् ।

तपाईको प्रतिक्रिया