Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने आवद्ध टिम नानगारहार लियोपार्डले अफगानिस्तान प्रिमियर लिग (एपिएल) मा दोस्रो जित दर्ता गरेको छ । शुक्रबार राति युएईमा भएको खेलमा रासिद खानको टोली काबुललाई हराउँदै लियोपार्डले दोस्रो जित निकालेको हो । उसले काबुललाई १५ रनले हरायो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लियोपार्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८२ रन बनाएको थियो। उसका लागि एन्टोन डेभसिचले ४६ बलमा ७७ रन बनाए। यस्तै वेष्टइन्डिजका जोनसन चार्लेसले ४३ रन बनाए।

१८३ रनको लक्ष्यसहित मैदानमा आएको रासिद खानको टोली १६७ रनमा ९ विकेट गुमाउँदै समेटियो। यो सँगै सन्दीपको टिम लियोपार्ड ५ टोली सम्मिलित अंक तालिकाको २ जितसहित चौथो स्थानमा छ।

यसअघि मंगलबार काबुलसँग लियोपार्ड ७ विकेटले पराजित भएको थियो । त्यसअघि आफ्नो पहिलो खेलमा कान्दाहार नाइट्सलाई ६ विकेटले हराउँदै विजयी सुरूवात गरेको टोलीले दोस्रो खेलमा पाकटिया प्यान्थर र तेस्रो खेलमा काबुल ज्वानानसँग पराजित भएको थियो।

सन्दीप लामिछानेले भने लिगका सुरूवाती ५ खेल गुमाएका छन् । नेपालले मलेसियामा खेलेको टी–२० विश्वकप छनोट अन्तर्गत एशिया सब रिजनको प्रतियोगिता पछि मात्र सन्दिप युएई जाने भएकाले अफगानिस्तान प्रिमियर लिगका सुरूवाती ५ खेल गुमाएका हुन्।

सन्दिपले अब टोलीले खेल्ने छैठौं खेल कान्दाहार नाइट्स, पाकतिया प्यान्थर र बाल्क लेजेन्डस्सँग खेल्नेछन्। पाँच टोली सहभागी लिगमा पक्तिया, काबुल, नङरहार, बल्ख र कान्दाहारले प्रतिस्पर्धा गरिरहेका छन्।

सन्दीप रहेको टोलीमा आन्द्रे रसल, तामिम इकबाल, मुजिब रहमान, बेन कटीङ, शाफिकुल्लाह शफक, नाजिबुल्लाह तरकाइ, मिसेल मक्लीनघन, मोहमद हफिज, मुस्फिकुर रहिम, रहमत साह, नवीन उल हक, जाहिर खान छन्।

अफगानिस्तानप्रिमियर लिग (एपीएल) मा १५ हजार अमेरिकी डलर अर्थात १७ लाख २५ हजारमाअनुबन्ध भई सकेका सन्दीपलाई केरला ले ३० हजार अमेरिकी डलर अर्थात झण्डै ३५ लाखमा अनुबन्ध गरेको छ।

तपाईको प्रतिक्रिया