Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडाैं – मनाङ मस्र्याङ्दी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी सुरुवात गरेको छ । अाज एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा मनाङले ब्रिगेड ब्वाइजमाथि ३-१ को पुनरागमन जित निकालेको हो ।

पहिलो हाफमा ब्रिगेड ब्वाइजले लिएको अग्रतालाई पछि पार्दै डिफेन्डिङ च्याम्पियन मनाङले तीन अंक बटुलेको हो । खेलको २८औं मिनेटमा रजक तिवारीको गोलबाट ब्रिगेडले सुरुवाती अग्रता लिएपनि दोस्रो हाफमा मनाङले आक्रामक पुनरागमन गर्यो । खेलको ४७ औं मिनेटमा हेमन गुरुङको गोलसँगै मनाङले खेलमा बराबरी गरेको थियो ।

त्यसपछि थप दुई गोल गर्दै मनाङका अफ्रिकन खेलाडी आफिज ओलावाले नायक बने । खेलको ५७ औं मिनेटमा ओलावालेले गोल गर्दै मनाङलाई २- १ को अग्रता दिलाए भने खेलको इन्जुरी समयमा पुनः गोल गर्दै मनाङलाई ३-१ को जित दिलाएका हुन् ।

तपाईको प्रतिक्रिया