Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडाैं – नेपाल आईसीसी विश्व ट्वान्टी-२० एसिया छनोट ‘बी’ प्रतियोगिताको च्याम्पियन बनेको छ । अाज सिंगापुरसँगको खेल वर्षाले रद्द गरेपछि नेपाल च्याम्पियन भएको हो । राउन्ड रोबिन लिगको अन्तिम खेल अगाडि नेपाल र सिंगापुरको दुवैको १० अंक थियो । तर सिंगापुर भन्दा नेपाल रनरेटमा अगाडि थियो ।

खेल रद्द भएपछि नेपालले सिंगापुरलाई रनरेटमै उछिन्दै च्याम्पियन भएको हो । मलेसियाको क्वलालम्पुरस्थित बायुमास ओभल खेल मैदलानमा नेपालले टसजितेपछि व्याटिङमा आएको सिंगापुर १३.३ ओभरमा ८१ रन बनाउँदै अलआउट भयो । नेपालबाट सन्दीप लामिछानेले ४, सोमपाल कामी र करण केसीले २/२, ललित राजवंशी र बसन्त रेग्मीले १/१ विकेट लिए ।

नेपालले ३ बल खेली १ रन बनाउँदै १ विकेट गुमाएको अवस्थामा वर्षाले खेल प्रभावित पारेको थियो । ओपनर अनिल साह शुन्यमै आउट भए । सात राष्ट्र सम्मिलित यस प्रतियोगिताबाट शीर्ष तीनमा रहेका नेपाल, सिंगापुर र मलेसिया दोस्रोचरणको एसिया छनोटमा पुगेका छन् ।

तपाईको प्रतिक्रिया