Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडाैं – नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अर्को कीर्तिमान बनाएका छन् । मलेसियामा जारी आईसीसी विश्व टी-ट्वान्टी एसिया छनोट समूह ‘बी’ अन्तर्गतको खेलमा लेग स्पिनर सन्दीप लामिछानेले अर्को कीर्तिमान बनाएका हुन् ।

सन्दीपले मलेसियामा भइरहेको आइसिसी विश्व टी–२० एसिया क्षेत्र छनोट समूह ‘बी’  प्रतियोगितामा २४ विकेट लिँदै कीर्तिमान बनाए । सन्दीपले अाज सिंगापुरविरुद्ध ४ विकेट लिएर राष्ट्रिय कीर्तिमान बनाउन सफल भएका हुन् ।

यसअघि यो कीर्तिमान बसन्त रेग्मीको नाममा थियो । उनले सन् २०१२ को विश्व क्रिकेट लिग डिभिजन ४ मा २१ विकेट लिएका थिए । त्यो खेल पनि मलेसियामै भएको थियो । दिल्ली डेयर डेभिल्सबाट इन्डियन प्रिमियर लिग (आईपीएल) मा पनि आफ्नो प्रभाव छाडिसकेका सन्दीपको स्पिन बलिङ अगाडि विपक्षीहरु घुँडा टेक्न बाध्य छन् ।

मलेसियामा जारी छनोटको पहिलो खेलमा सन्दीपले म्यानमारविरुद्ध ४ विकेट झारेका थिए । दुई ओभर बलिङ गरेका उनले ३ रन खर्चिदै ४ विकेट लिएका थिए । दोस्रो खेलमा मलेसियाविरुद्ध उनले ५ विकेट लिन सफल भए । ४ ओभर बलिङ गरेका उनले २० रन खर्चिदै यो सफलता पाए । त्यसैगरी थाइल्याण्डविरुद्धको तेस्रो खेलमा उनले ५ विकेट लिन सफल भए । तीन ओभर बलिङ गरेका उनले त्यस खेलमा एक मेडन राख्दै ८ रन दिएका थिए ।

भुटानविरुद्ध पनि सन्दीपले ३ विकेट लिन सफल भए । चार ओभर बलिङ गर्दै उनले २ मेडन लिँदै ६ रन दिएका थिए । चीनविरुद्धको पाँचौ खेलमा सन्दीपले ३ विकेट लिएका थिए। चार ओभर बलिङ गरेका उनले चीनविरुद्धको खेलमा १ मेडन ओभर बलिङ गर्दै ४ रन मात्रै खर्चिएका थिए ।

तपाईको प्रतिक्रिया