Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – आईसीसी विश्व टी-ट्वान्टी एसिया छनोट समूह ‘बी’ अन्तर्गत सिंगापुरलाई नेपालले ८१ रनमा समेटेको छ । क्वालालम्पुरस्थित वायुमस ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको सिंगापुरले १७.३ ओभरमा ८१ रन बनाएको हो ।

नेपालका लागि सन्दिप लामिछानेले सर्वाधिक ४ विकेट लिए । ३.३ ओभर बलिङ गरेका उनले १६ रन खर्चिए । यस्तै करण केसी र सोमपाल कामीले २-२ तथा ललित राजबंशी र बसन्त रेग्मीले १-१ विकेट लिए ।

अघिल्ला पाँच खेलमा लगातार जित निकालेको नेपालले अन्तिम खेलमा सिंगापुरसँग खेलिरहेको हो।  नेपाल र सिंगापुरबीचको यस फाइनल सरहको खेल हुनेछ । एसिया छनोट समूह ‘बी’ बाट दोस्रो चरणको छनोटमा पुगिसकेको नेपाल र सिंगापुरको लागि यो प्रतिस्पर्धा उपाधिका लागि हुनेछ ।

सन्दिपको कीर्तिमान

नेपाली युवा लेग स्पिनर सन्दिप लामिछानेले नयाँ कीर्तिमान बनाएका छन् । मलेसियामा जारी आइसीसी टी–२० एशिया उपक्षेत्रीय छनोट बी अन्तर्गत नेपालको अन्तिम खेलमा सिंगापुर विरुद्ध ३.३ ओभर बलिङ गरेका लामिछानेले १६ रन खर्चिदै ४ विकेट लिएका हुन् ।

यो सँगै लामिछानेले बसन्त रेग्मी र विनोद दासको एकै प्रतियोगितामा धरै विकेट लिने रेकर्ड तोडेका हुन् । उमेर समूहमा एकै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालबाट सर्वाधिक विकेट लिने रेकर्ड सन्दिप लामिछानेकै नाममा छ ।

उनले गत वर्ष जुलाईमा सिंगापुरमा भएको यु-१९ विश्वकप छनोट प्रतियोगितामा ६ खेलमा २४ विकेट लिँदै किर्तिमान बनाएका थिए । सिनियर टिमको लागि भने एकै प्रतियोगितामा धेरै विकेट (२१) लिने रेकर्ड बसन्त रेग्मी र बिनोद दासको नाममा थियो ।

तपाईको प्रतिक्रिया