Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – हेमन्त थापामगर पेनाल्टीमा चुकेपछि च्यासल युथ क्लब सहिद स्मारक ए डिभिजन लिगमा मच्छिन्द्र क्लबसँग गोलरहित बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फाको मैदानमा सुरुबाटै बल पोजिसन राम्रो बनाए पनि च्यासलले जित निकाल्न सकेन् । गोलको राम्रो अबसर सिर्जना गर्न नसकेको च्यासलले पेनाल्टीलाई सदुपयोग गर्न नसक्दा बराबरी खेलेको छ ।

खेलको ७५औं मिनेटमा मछिन्द्र क्लबका अन्जन देबकोटाले बिमल घर्तिमगरलाई पेनाल्टी क्षेत्रमा फाउल गरेपछि च्यासलले पेनाल्टी अवसर पाएको थियो । तर हेमन्तले हानेको पेनाल्टी मछिन्द्रका गोलरक्षक दीप कार्की बचाएपछी च्यासलले अग्रता लिने राम्रो मौका गुमायो । यस्तै च्यासल ५३औं मिनेटमा पनि अग्रता लिन चुकेको थियो । बिमल घर्तिमगरले हानेको फ्रिकिक क्रसबारमा लागेर फर्किएपछी च्यासलले अग्रता लिने राम्रो मौका गुमाएको हो ।

च्यानलका सजिन थापामगरलाई मछिन्द्रका अन्जन देबकोटाले फाउल गरेपछी च्यासलले फ्रिकिकको अबसर पाएको थियो । राष्ट्रिय टोलीका फरवार्ड बिमलले हानेको फ्रिकिक क्रसबारमा लगेर फर्किएको थियो । त्यसअघि सातौं मिनेटमा विश्व अधिकारिले हानेको प्रहार मछिन्द्रका विबेक पण्डितको ढाडमा लागेर बाहिरिएको थियो । राम्रो बल पोजिसन राखेर गोलका केही राम्रो अवसरलाई सदुपयोग गर्न नसक्दा च्यासलले लिगको पहिलो खेलमा ३ अंक जोड्ने मौका गुमायो ।

बराबरीपछि च्यासलले तुलनात्मक रूपमा कमजोर मछिन्द्रसँग अंक बाँडेको छ । लिगको पहिलो खेलमा पनि न्युरोड टिम (एनआरटी) र त्रिभुवन आर्मी क्लबले २-२ को बराबरी खेलेका थिए । दोस्रो खेलमा संकटाले सरस्वती युथ क्लबलाई १-० गोल अन्तरले हराउँदै ३ अंक जोडेको थियो ।

तपाईको प्रतिक्रिया