काठमाडौं – शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधबार मच्छिन्द्र क्लब र च्यासल युथ क्लबवीच प्रतिस्पर्धा हुँदैछ ।
लिगको उद्घाटन असोज १३ गते भएको भए पनि नेपाली राष्ट्रिय टिमले बंगबन्धु गोल्डकप खेल्ने भएपछि दुईवटा खेल खेलाएर स्थगित गरिएको थियो ।
दसैंअघि पहिलो चरणको खेल खेलाउने उद्धेश्यका साथ पुनः सुचारु भएको लिग आजदेखि तीन दिन चल्नेछ ।
करिब ५ वर्षपछि सुरू भएको ए डिभिजन लिग बंगबन्धु गोल्डकपका कारण सुरू भएको २ दिनपछि नै रोकिएको थियो । आज मछिन्द्र क्लब र च्यासल युथ क्लब दिउसो ३ बजे खेल्नेछन् ।