Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडाैं – नेपालमै आयोजना हुने साफ यू-१५ च्याम्पियनसिपका लागि नेपालको अन्तिम टोलीको घोषणा भएको छ । एन्फाले अाज २३ सदस्यीय नेपाली टोली घोषणा गरेको हो ।

मुख्य प्रशिक्षक सनोज श्रेष्ठ, सहायक प्रशिक्षक राकेश श्रेष्ठ, गोलकिपर प्रशिक्षक मनिस तिम्सिनाको टोलीले पहिलो चरणमा ४५ खेलाडी छनोट गरेको थियो । त्यसपछि २३ सदस्यीय अन्तिम टोली चयन गरिएको हो । टोलीमा तीन गोलकिपर, आठ डिफेण्डर, आठ मिडफिल्डर र चार फरवार्ड छन् ।

यही अक्टोबर २५ देखि नोभेम्वर ३ सम्म सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने च्याम्पियनसिपमा माल्दिभ्स र बंगलादेशसँगै नेपाल समूह ए मा छ । यसैगरी समूह बी मा भारत, पाकिस्तान र भुटान छन् । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । नेपालले पहिलो खेल अक्टोबर २५ मा माल्दिभ्ससँग र बंगलादेशसँग दोस्रो खेल अक्टोबर २९ मा खेल्नेछ । 

तपाईको प्रतिक्रिया