Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र म्यान्चेस्टर सिटीले बराबरी खेलेका छन् । गएराति लिभरपुलको मैदान एनफिल्डमा भएको खेल गोलरहित बराबरीमा सकिएको हो ।

प्रिमियर लिगका अन्य खेलहरुमा चेल्सी र आर्सनल विजयी भएका छन् । चेल्सीले साउथह्याम्पटनलाई ३–० ले हराएको हो । खेलमा चेल्सलाई विजयी गराउन एडिन हाजार्ड, रोस बाक्रसले र अल्भारो मोराटाले एक–एक गोल गरे ।

गएराति नै भएको अर्को खेलमा आर्सनलले फूल्हमलाई ५–१ ले पाखा लगायो । आर्सनलका लागि अलेक्जेण्डर लाकाजेट् र पिएरे एमरेक औबामायङ्गले २–२ गोल गर्दा आरोन राम्सेले एक गोल थपे ।

गएरातिका खेलपछि इङ्लिस प्रिमियर लिग फुटबलको अंक तालिकामा शीर्ष तीन स्थानका म्यानचेस्टर सिटी, चेल्सी र लिभरपुलको समान २०–२० अंक छ । चौथो र पाँचौ स्थानमा रहेका आर्सनल र टोटनह्याम हट्सपरको समान १८ अंक रहेको छ ।

तपाईको प्रतिक्रिया