Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडाैं – टेस्ट क्रिकेटमा भारतले अहिलेसम्मकै ठूलो जित हात पारेको छ । भारतले राजकोटमा भएको वेस्ट इन्डिज विरुद्धको पहिलो टेस्टमा १ इनिङ र २ सय ७२ रनले पराजित गर्दै अहिलेसम्मकै फराकिलो अन्तरको जित हात पारेको हो ।

यसअघि टेस्ट क्रिकेटमा भारतको फराकिलो अन्तरको जित अफगानिस्तानविरुद्ध थियो । गत जुनमा बैंगलुरुमा भएको टेस्टमा भारतले अफगानिस्तानलाई १ इनिङ र २ सय ६२ रनले हराएको थियो । अाज तेस्रो दिनमै भारतले जित हात पार्ने क्रममा वेस्ट इन्डिजलाई दोस्रो इनिङमा १ सय ९६ रनमै अलआउट गर्यो । उसका लागि केइरन पावेलले सर्वाधिक ८३ रन जोडे । अन्य ब्याटसम्यान २० रन भन्दा कम स्कोरमा आउट भएका थिए ।

दोस्रो इनिङमा बलिङमा भारतका कुलदीप यादवले ५ र रविन्द्र जडेजाले ३ विकेट लिए । पहिलो इनिङमा वेस्ट इन्डिज १ सय ८१ रनमै अलआउट भएपछि फलो अनमा परेको थियो । पहिलो इनिङमा वेस्ट इन्डिजका लागि रोस्टन चेजले सबैभन्दा बढी ५३ रन बटुले । बलिङमा भारतका रविचन्द्रन आस्विनले ४ विकेट लिएका थिए ।

पहिले ब्याटिङ गरेको भारतले ९ विकेटको गुमाएर ६ सय ४९ रन बनाएर इनिङ समाप्ती घोषणा गरेको थियो । भारतका लागि डेब्यू गरेका पृथ्वी साले १ सय ३४ रन, कप्तान विराट कोहलीले १ सय ३९ रन र रविन्द्र जडेजाले १ सय जोडेका थिए । चेतेश्वर पुजाराले ८६ र रिशव पन्तले ९२ रनको योगदान दिएका थिए ।

तपाईको प्रतिक्रिया