Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडाैं – नेपाली सेनाका हेमलाल श्रेष्ठ र भक्तपुरकी कान्छीमाया कोजुले १२औं काठमाडौँ म्याराथनको उपाधि जितेका छन् । अाज भएको प्रतिस्पर्धामा हेमलालले ४२.१९ कि.मि.को दूरी २ घन्टा २० मिनट ४५ सेकेन्डमा पुरा गर्दै स्वर्ण हात पारे। नेपाली सेनाकै राजन खत्री दोस्रो र नेपाल पुलिसका भूमिराज राई तेस्रो भए ।

खत्रीले २ घन्टा २३ मिनेट ३३ सेकेन्ड र राईले २ घन्टा २४ मिनट ३१ सेकेन्डमा म्याराथन पुरा गरे । महिलातर्फ विजेता कान्छीले उक्त दूरी २ घन्टा ५० मिनट ४१ सेकेन्डमा पुरा गरिन् । भक्तपुरकै सरिता वासीले ३ घन्टा ११ मिनट १४ सेकेन्डमा दूरी पुरा गर्दै रजत र राजपुरा पछाईले ३ घन्टा २४ मिनट ८ सेकेन्डमा दूरी पुरा गर्दै कास्य जितिन् । पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीहरुले क्रमशः ५० हजार, २० हजार र १५ हजार नगदसहित मेडल प्राप्त गरे ।

प्रोस्पोर्टस प्रा.लि.को आयोजनामा भएको म्याराथन अन्तर्गत रोड रेशमा एपीएफका गोपी चन्द्र पार्कीले पहिलो भए । उनले १ घन्टा ७ सेकेन्डमा दूरी पुरा गरे । नेपाली सेनाका रामजी बस्नेत १ घन्टा २१ सेकेन्डमा दूरी पुरा गर्दै दोस्रो भए । एपीएफकै सन्तोष बिक्रम बिष्टले १ घन्टा २२ सेकेन्डका साथ कास्य पाए । महिलातर्फ सेनाकी बिश्वरुपा बुढाले १ घन्टा १० मिनट ५७ सेकेन्डका साथ स्वर्ण जितिन् । एपीएफकी बिन्द्रा धनकेश्वरी श्रेष्ठले १ घन्टा ११ मिनट ३७ सेकेन्डका साथ रजत र एपीएफकै पुष्पा भण्डारीले १ घन्टा १२ मिनट ३५ सेकेन्डका साथ कास्य जितिन् ।

स्वर्ण, रजत र कास्य पदकधारीले नगद २० हजार, १३ हजार र ७ हजार नगदसहित मेडल र प्रमाण पत्र प्राप्त गरे । ५ कि.मि. खुला दौडतर्फ पुरुमा अजित यादव र महिलाम सन्तोषी श्रेष्ठले पहिलो स्थान हात पारे । अजितले १८ मिनट ११ सेकेन्डमा र सन्तोषीले २० मिनट ३७ सेकेन्डमा दूरी पुरा गरे । पुरुषतर्फ मिलन कार्कीले रजत र जितेन्द्र दनुवारले कास्य तथा महिलातर्फ सानु माया कार्की र फुलमती रानाले रजत र कास्य पाए । उनीहरुले नगद १० हजार ६ हजार र ४ हजार नगद सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।

५ कि.मि.कै छात्र तर्फ १९ मिनट ५१ सेकेन्डका साथ प्रविन कुमार बोहराले स्वर्ण पाए । दोश्रो स्थानमा सागर श्रेष्ठ र तेश्रो स्थानमा नारायण तामाङ्ग रहे । छात्रा तर्फ कर्णाली स्पोर्ट्सकी मञ्जु रावतले २४ मिनट ५५ सेकेन्डका साथ स्वर्ण पाईन् । काजल बिष्टले रजत र विजेश्वरी ज्ञान मन्दिर सैनिक बिद्यालयकी स्वेशा बलामीले कास्य पाईन् । बिजयी खेलाडीहरुले ५ हजार, ३ हजार २ हजार नगद सहित मेडल प्रमाण पत्र प्राप्त गरे । ५ किमि मास्टर तर्फको पुरुषमा धर्म महर्जन १९.५२.६३ समयका साथ स्वर्ण हात पार्न सफल भए ।

भिम बहादुर गुरुङले रजत र कपिल भट्टले कास्य पाए । महिलातर्फ सरस्वती खड्का राईले २६.५६.६२ समयका साथ स्वर्ण हात पारिन् । दोश्रो स्थानमा निलम श्रेष्ठ रहिन् । पहिलो दोश्रो र तेश्रोले १० हजार, ६ हजार र ४ हजार पाए । ह्विल चेयर तर्फको प्रतिस्पर्धामा कृष्ण राज चौधरी १५.५६.४५ समयका साथ पहिलो भए । दोश्रो स्थानमा रविन्द्र खत्री र तेश्रो स्थानमा राजेश सिल्पकार रहे । महिला तर्फ यामी झाक्री मगरले जितिन् । उनले १४.४७.६६ समयमा दुरी पुरा गरिन्। लक्ष्मी घिमिरेले रजत र हिरा तामाङ्गले कास्य पाईन् । विजयी खेलाडीहरुले ५, ३ र २ हजार नगद सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।

तपाईको प्रतिक्रिया