Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं –  मलेसियामा जारी आइसिसी विश्व टी-ट्वान्टी क्रिकेट अन्तर्गत एसिया छनोट समूह ‘बी’ मा आफ्नो दोस्रो खेलमा पनि नेपाल विजयी भएको छ ।

आज भएको खेलमा घरेलु टिम मलेसियालाई आठ विकेटले पराजित गर्दै दोस्रो खेलमा पनि नेपाल विजयी भएको हो । मलेसियाले दिएको १०१ रनको लक्ष्य नेपालले २ विकेटको १२.४ ओभरमा भेट्टायो ।

नेपालका लागि आज कप्तान पारस खड्काले अर्धशत प्रहार गरे । उनले ३७ बल खेल्दै ५२ रनमा अविजीजत रहे । उनले पाँच चौका र २ छक्काको मद्दतले सो रन बनाएका हुन् । यस्तै, उपकप्तान ज्ञानेन्द्र मल्ल २७ रनमा अविजीत रहे । उनले २ चौका र एक छक्का प्रहार गर्दै २७ रनमा नट आउट रहेका हुन् ।

यसअघि नेपालले २ विकेट सस्तैमा गुमायो । पहिलो विकेटका रुपमा नेपालका अनिलकुमार शाह १ र विनोद भण्डारी १२ रनमा आउट भएका थिए । बलिङमा मलेसियाका पवनदिप सिंह र सायदले समान एकएक विकेट लिए ।

तपाईको प्रतिक्रिया