Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं –  मलेसियामा जारी आइसिसी विश्व टी-ट्वान्टी क्रिकेट अन्तर्गत एसिया छनोट समूह ‘बी’ मा आफ्नो दोस्रो खेलमा नेपालले १०१ रनको विजयी लक्ष्य पाएको छ ।

टस जितेर ब्याटिङ गरेको मलेसियाले १९.३ ओभरमा सबै विकेट गुमाउदैं १०० रन मात्र बनाउन सक्यो । आज मलेसियाका लागि मोहम्मद सरफिले ४९ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन राम्रो रहेन ।

बलिङमा नेपालका लागि सन्दिप लामिछानेले पाँच विकेट लिए । उनले ४ ओभर बलिङ गर्दै २० रन खर्चदैं पाँच विकेट लिन सफल भएका हुन् । यस्तै, सोमपाल कामीले ३, कप्तान पारस खड्काले १ रन लिन सफल भए ।

कप्तान खड्काले एक ओभर मेडन दिन सफल पनि भए । यस्तै, एक मलेसियाली खेलाडी पारसको बलमा रन आउट भए । खेल मलेसियामै भइरहेको छ । पहिलो खेलमा म्यानमारलाई ८ विकेटले हराएको नेपालले आफ्नो दोस्रो खेलमा शनिबार मलेसियासँग खेलिरहेको हो ।

नेपालले सन् २०१३ पछि पहिलोपटक नेपालले मलेसियासँग टी-ट्वान्टी फर्म्याटमा प्रतिस्पर्धा गर्न लागेको हो। टी-ट्वान्टीको पछिल्लो तीन भेटमा नेपालले मलेसियालाई दुई पटक हराएको छ भने एक खेल मलेसियाले जितेको छ।

तपाईको प्रतिक्रिया