Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – ट्वान्टी २०  विश्वकप क्रिकेटको एसिया सव रिजनल छनोटमा आज तीन वटा खेल हुँदै छन् ।

भुटान र चाइना, मलेसिया र थाइल्याण्ड तथा म्यानमार र सिंगापुरबीचको खेल मलेसियाको क्लालालम्पुरमा जारी छ । यसअघिको खेलमा भुटान मलेसियासँग ६७ रनले पराजित भएको थियो ।

चाइना थाइल्याण्डसँग १० विकेटले पराजित भएको थियो । त्यस्तै म्यानमार नेपालसँग ८ विकेटले पराजित भएको थियो । सिंगापुरको आज म्यानमार सँग छनोट प्रतियोगिताको पहिलो खेल खेल्न लागेको हो ।

नेपालले भोलि मलेसियासँग भोलि तेश्रो खेल खेल्नेछ । हिजो म्यानमारले दिएको ३० रनको लक्ष्य ३ ओभरमा भेट्टाएको नेपालका लागि मलेसिया तुलनात्मक रुपमा कमजोर टोली हो ।

यसअघि मलेसियासँग भएका दुई भेटमा नेपाल विजयी भएको थियो भने एक पटक पराजित भएको छ ।

तपाईको प्रतिक्रिया