Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडाैं – आईसीसी टी-२० विश्वकप अन्तर्गत एसिया उप-क्षेत्रीय छनौटमा कमजोर म्यानमारले नेपालाई जम्मा ३० रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको म्यानमार १० ओभरमा २९ रन बनाउँदै अल आउट भयो ।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिएका छन् । २ ओभर बलिङ गरेका सन्दीपले ४ विकेट लिँदा ३ रन खर्चिए । यसैगरी ललित नारायण राजवंशीले ३ ओभर बलिङ गदै ३ रन खर्चिएर ३ विकेट लिए । ललित भण्डारी र करन केसीले एक-एक विकेट लिए । म्यानमारका कप्तान एच लिन आङले १६ रन बनाए । म्यानमारका ६ जना खेलाडी शून्यमा आउट भए ।

म्यानमारपछि नेपालले दोस्रो खेलमा मलेसियासंग अक्टोबर ६ मा खेल्दा तेस्रो खेल थाइल्याण्डविरुद्ध अक्टोबर ७ मा खेल्नेछ । यस्तै नेपालले ९ अक्टोबरमा भुटानसंग प्रतिस्पर्धा गर्दा १० अक्टोबरमा चीन र १२ अक्टोबरमा सिंगापुरसंग खेल्ने छ । छनोटबाट शीर्ष तीन टोलीले एसिया छनोटमा स्थान बनाउने छन् ।
एसिया छनोटबाट शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउने छन् । एसिया छनोटमा ७ टोलीले खेल्नेछन् । अष्ट्रेलियामा हुने टी-ट्वान्टी विश्वकप सन् २०२० को अक्टोबर १८ देखी १५ नोभेम्बरसम्म हुनेछ । जसमा १६ टोलीले खेल्नेछन् ।
तपाईको प्रतिक्रिया