Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं –  युरोपियन च्याम्पियन्स लिग फुटबलमा गएराति साविक विजेता स्पेनिस क्लब रियाल मड्रिड पराजित भएको छ । रुसको मस्कोमा भएको खेलमा रियाललाई रुसी क्ल सि.एस.के.ए मस्कोले १–० ले हराएको हो ।

गएराति नै भएको अर्को खेलमा इटालियन क्लब ए.एस रोमाले चेक गणतन्त्रको भिक्टोरिया प्लेजेनमाथि ५–० को फराकिलो जित दर्ता गर्‍यो । रोमाको जितमा बोस्नियाका स्ट्राईकर इडिन जेकोले ह्याट्रिक गरे ।

च्याम्पियन्स लिगकै अन्य खेलहरुमा इङ्ल्यान्डको म्यान्चेस्टर सिटीले जर्मनीको होफनहाईमलाई २–१ ले हराउँदा ईटालीको युभेन्टस्ले स्विटजरल्याण्डको योङ ब्वाईजलाई ३–० ले पाखा लगायो । गएराति पोर्चुगलको बेनिफिकाले ग्रिसको एइके एथेन्सलाई उसैको मैदानमा ३–२ ले पराजित गर्‍यो ।

यसैगरी, इङ्ल्यान्डको म्याचेस्टर युनाईटेडले स्पेनको भ्यालेन्सियासँग गोलरहित बराबरी खेल्दा जर्मनीको बायर्न म्युनिखले नेदरल्याण्ड्सको आयाक्स एम्सटरडमसँग १–१ गोलको बराबरी खेलेका छन् ।

गएराति नै फ्रान्सको ओलम्पिक लियोंले युक्रेनको शख्तरसँग २–२ गोलको बराबरीमा चित्त बुझायो ।

तपाईको प्रतिक्रिया