काठमाडौं – यू १८ माहिला साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र बंगलादेश खेल्दैछन् ।
दुवै टिम सेमिफाइनलमा पुगि सकेकाले आजको बिजयी हुने टिम समूह विजेता र पराजित हुने टिम उप विजेताका रुपमा सेमिफाइनलमा पुग्ने छ ।
पहिलो खेलमा नेपालले पाकिस्तानलाई १२–० गोल अन्तरले पाराजित गर्दा बंगालदेशले पाकिस्तान माथि १७–० ले जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएका हुन् ।
गोल अन्तरका आधारमा बंगलादेश अगाडि रहेकाले आजको खेलमा विजयी हुने टिम समूह विजेताका रुपमा अगाडी बढ्ने छ ।
नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार साँझ पौने ७ बजे सुरु हुने छ ।