Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं –  बंगबन्धु गोल्डकपको नयाँ संस्करण आजदेखि बंगलादेशमा सुरु हुँदैछ । साविक विजेता नेपालले उदघाटन खेलमा मंगलबार ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । बंगलादेशको सिलेट डिस्ट्रिक्ट रंगशालामा हुने खेल नेपाली समयअनुसार सवा ६ बजेदेखि सुरु हुनेछ ।

सन् २०१६ मा भएको प्रतियोगिताको चौथो संस्करणमा नेपालले बहराइनको यू–२३ टोलीलाई हराएर उपाधि जितेको थियो । ताजिकिस्तानविरुद्धको खेलअघि नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले अन्तिम समयमा सहभागिता निश्चित भएपछि छोटो तयारीका बावजूद सहभागिता जनाएको बताउनुभयो । ‘अन्तिम समयमा सहभागिता निश्चित भयो, त्यसैले ४–५ दिनको मात्र तयारी गर्न भ्यायौं ।’उहाँले एसियाकै बलियो टोलीसँगको प्रतिस्पर्धा कठिन हुने बताउनुभयो ।

‘ताजिकिस्तानसँग एएफसी एसियन कपको छनोट चरणमा खेलेको अनुभव छ । त्यस खेलको विश्लेषण गरेर हामी सचेत भइ खेल्छौं ।’ प्रशिक्षक महर्जनले थप्नुभयो, ‘उनीहरु हामीभन्दा शारीरिक, मानसिक र प्राविधिक रुपमा बलियो भए पनि हामीले राम्रो रणनीति अनुसार धैर्यता अपनाएको खण्डमा रिजल्ट कुनै पनि बेला हाम्रो पक्षमा आउन सक्छ ।’
‘विगतको नतिजा भनौं वा विश्वकपकै उदाहरण दिन सकिन्छ ।

उत्तर कोरियाले जर्मनीलाई हराएकोदेखि लिएर जर्मनीले ब्राजिलसँग ७ गोल खाएकोसम्मलाई हेर्दा फुटबलमा केही भन्न नसकिने निश्चित भएको छ । त्यसैले भोलिको म्याचमा ताजिकिस्तानसँग कसरी ३ अंक लिने वा कम्तिमा १ अंक लिने प्रयास हाम्रो हुनेछ ।’ प्रशिक्षक महर्जनले भन्नुभयो ।

मंगलबार ताजिकिस्तानविरुद्ध उत्रँदै गर्दा नेपाली टोली साविक विजेताको दबाबमा हुनेछ । हालै सम्पन्न साफ च्याम्पियनसिपको सेमिफाइनलमा पराजित भएको नेपालले बलियो मानिएका ताजिकिस्तान र प्यालेस्टाइनसँग समूह चरणमै प्रतिस्पर्धा गर्नुपर्नेछ ।

फिफा वरीयातामा नेपालभन्दा ४० स्थान माथि रहेको ताजिकिस्तानसँग नेपालले गएको वर्ष दुई खेलमा हार व्यहोरेको थियो । एएफसी एसियन कप छनोटको तेस्रो चरणमा नेपालले ताजिकिस्तानसँग घरेलु मैदानमा २–१ गोलको पराजय व्यहोरेको थियो भने ताजिकिस्तानको मैदानमा ३–० ले पराजित भएको थियो ।

नियमित टोलीमा रहेका डिफेण्डर रोहित चन्द र गोलरक्षक किरण चेम्जोङ विदेशमा व्यवसायिक लिग खेलिरहेका कारण नेपाली टोलीमा उपस्थित छैनन् ।उनीहरुको अनुपस्थितिले नेपाली टोलीलाई असर पर्न सक्छ । अन्य सबै खेलाडीहरु भने साफ च्याम्पियनसिपमा सहभागिता जनाएकाहरु नै छन् ।

बंगबन्धु गोल्डकपको तालिका

समूह एः नेपाल, ताजिकिस्तान, प्यालेस्टाइन
नेपाल भर्सेस ताजिकिस्तानः असोज १६ गते
स्थानः सिलेट डिस्ट्रिक रंगशाला
समयः नेपाली समयअनुसार साँझ सवा ६ बजे
नेपाल भर्सेस प्यालेस्टाइनः असोज २० गते
स्थानः सिलेट डिस्ट्रिक रंगशाला
समयः नेपाली समयअनुसार साँझ सवा ६ बजे

तपाईको प्रतिक्रिया