Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – एसियन क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा बंगलादेशमा जारी यू-१९ एसिया कपको दोस्रो खेलमा पनि नेपाली टोली पराजित भएको छ । नेपाली किशोरहरुको टोली अफगानिस्तानसँग तीन विकेटले पराजित भएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले जितका लागि दिएको १३२ रनको झिनो लक्ष्य अफगानिस्तानले ७५ बल बाँकी रहँदै ७ विकेटको क्षतिमा भेट्टायो । यसअघि नेपालले ३८.२ ओभरमा अलआउट हुँदै १३१ रन मात्रै बनाउन सकेको थियो । अफगानिस्तानलाई जिताउने क्रममा रहमुल्ला गुर्भाजले सर्वाधिक २६ रनको योगदान दिए । त्यसैगरी अज्मातुल्लाह ‌‌ओमारजाई र अरिफ खानले समान २३/२३ रनको योगदान दिए । अफगानिस्तानका लागि इजाजले १६ रन बनाउन सफल भए ।

नेपालका लागि सूर्य तामाङले ८ ओभर बलिङ गर्दै ४० रन खर्चिएर सर्वाधिक ४ विकेट लिए । यसअघि खराब सुरुवात गरेको नेपालका लागि रोहित कुमार पौडेलले सर्वाधिक ४६ रन बनाएका थिए । रसिद खानले ३० र मोहमद आहिफ शेखले २०, रीत गौतमले १० रन बनाउनुबाहेक अन्यले दोहोरो अंकको स्कोर गर्न सकेनन्। नेपालाई न्यून स्कोरमै समेट्ने क्रममा अफगानिस्तानका अजमातुल्लाह ओमारजाइ एक्लैलेले ४ विकेट लिए ।

२१ रन बनाउँदा ४ विकेट गुमाइसकेको नेपालका लागि कप्तान मोहमद आशिफ शेख र रोहितकुमार पौडेलले राम्रो साझेदारी गर्दै ७४ रनसम्म पुर्‍याएका थिए । २४.२ ओभरमा आशिफ शेख आउट भएपछि आएका भीम सार्की ५ रन बनाएर आउट भए । त्यसपछि आएका कमसिंह ऐरी पनि शुन्य रनमै पेभिलियन फर्किए । ९ औं नम्बरमा मैदान छिरेका रसिद खानले भने विस्फोटक ब्याटिङ गरे ।२५ बलमा ५ चौका र १ छक्कासहित ३० रन बनाएर रसिद आउट हुँदा नेपालको स्कोर ११९ रन पुग्यो ।

सागर ढकालसँग साझेदारी गर्दै स्कोर १३१ पुर्‍याउँदा रोहित पौडेल व्यक्तिगत ४६ रनमा आउट भए रोहित आउटभएपछि मैदान छिरेका अन्तिम ब्याट्सम्यान सूर्य तामाङ पहिलो बलको सामना गर्दै आउट भए । यसअघि शनिबार भएको पहिलो खेलमा भातरसँग १७१ रनकको फरकिलो अन्तरले पराजित भएको थियो ।

तपाईको प्रतिक्रिया