काठमाडौं – बंगलादेशमा जारी एसीसी यु–१९ एसिया कप क्रिकेटमा अफगास्तिानविरुद्ध नेपालले टस जितेर ब्याटिङ रोजेको छ । नेपालले टस जितेर ब्याटिङ रोजेसँगै अफगानिस्तानले बलिङको निम्तो पाएको छ । खेल केहीबेरमा सुरु हुदैछ ।
यता, अफगानिस्तानले भने आफ्नो पहिलो खेलमा युएईलाई ५ विकेटले पराजित गरेको थियो । युएई भने समुह चरणबाटै बाहिरिसकेको छ । आइतबार भएको आफ्नो दोस्रो खेलमा भारतसँग २२७ रनको भारी अन्तरले पराजित भएसँगै युएई प्रतियोगिताबाट बाहिरिएको हो ।
भारत लगातार २ खेलमा जीत हात पार्दै सेमिफाइनलमा पुगिसकेको छ । नेपालको भने सेमिफाइनल पुग्ने सम्भावना अझै बाँकी छ । यदि नेपालले अफगानिस्तानलाई पराजित गरेको खण्डमा नेपालको सेमिफाइनल पुग्ने सम्भावना प्रबल रहन्छ ।
किनभने नेपालले समूह चरणको अन्तिम खेलमा युएईसँग खेल्दै छ भने अफगानिस्तानले बलियो प्रतिद्वन्द्वी तथा साविक विजेता भारतसँग प्रतिस्पर्धा गर्दैछ । त्यसकारण पनि नेपालको सम्भावना बढी छ । यद्यपि, पछिल्लो समयमा नेपालमाथि अफगानिस्तान हावी हुदै आएको छ ।