Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – सहिद स्मारक ए डिभिजन लिगमा संकटा क्लबले सनसनीपूर्ण जित हात पारेको छ । संकटाले अाज भएको खेलमा सरस्वती युवा क्लबलाई १-० गोलले पराजित गरेको हो । संकटाको जितमा लक्ष्मण रुचालले अन्तिम मिनेटमा गोल गरे ।

उनले दोस्रो हाफको ३ मिनेट इन्जुरी टाइमको अन्तिम मिनेटमा गोल गर्दा सरस्वती स्तब्ध बन्यो । उनलाई गोल गर्न म्याक्सवेलले क्रस उपलब्ध गराएका थिए । दोस्रो हाफमा संकटाले सरस्वतीमाथि दबाब दिएपछि गोल भने अन्तिम मिनेटमा मात्र गर्न सक्यो ।

त्यसअघि पहिलो हाफको अन्तिम मिनेटमा सरस्वतीका विनोद केसीको सुन्दर प्रहारलाई संकटाका गोलकिपर राजुबाबु मगरले विफल पार्दै टिमको संकट टारे । यसअघि लिगको शनिबार भएको उद्‌घाटन खेलमा त्रिभुवन आर्मी क्लब र न्यूरोड टिमले २-२ को बराबरी खेल्दै अंक बाढेका थिए ।

योसँगै लिगका खेल स्थगित भएका छन् । नेपाली राष्ट्रिय टिम बंगबन्धु गोल्डकप खेल्न बंगलादेश गएकाले लिग स्थगित भएको हो । अब दशैंअघि ४ वटा खेल हुनेछ । त्यसपछि तिहारपछि मात्र लिग नियमित संचालन हुनेछ ।

तपाईको प्रतिक्रिया