Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – पोखरामा आगामी कात्तिक ९ देखि २० गतेसम्म आयोजना हुने पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० लिगको प्लेअर अक्सन (खेलाडी लिलामी) मा राष्ट्रिय टिमका ७ खेलाडी सबैभन्दा धेरै रकममा बिक्री भएका छन् । ६ टिमको मार्की प्लरअरको रुपमा रहेका ६ जना खेलाडी बाहेक अन्य ७ खेलाडी सर्वाधिक २ लाख ५० हजार रकममा अनुबन्ध भएका हुन् ।

जसअन्तर्गत बसन्त रेग्मी, सागर पुन, अनिल कुमार शाह, करण केसी, विनोद भण्डारी, आरिफ शेख र रोहित कुमार पौडेललाई सर्वाधिक भाउमा बोली लागेको थियो । यी सबै खेलाडी सिनियर राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडी थिए । राष्ट्रिय टिममा रहेका मध्ये ललित भण्डारी २ लाखमा बुटवल ब्लास्टर्समा तथा ललित राजवंशी १ लाखमा पोखरामा अनुबन्ध भए ।

यता शक्ति गौचन भने अक्सनमा ब्रिकी हुन सकेनन्। अक्सन सकिएपछि भएको ‘विस लिस्ट’ ( असक्न सकिएपछि न्यूनतम मूल्यमा चाहेको मूल्यमा खेलाडी लिन सक्ने) बाट चितवनले शक्तिलाई आवद्ध गर्यो। शक्तिको न्यूनतम मूल्य २ लाख १० हजार थियो। तर चितवनले अन्तिममा खर्च गर्न पाउने रकम २० हजार मात्र बाँकी भएकाले शक्तिलाई आवद्ध गर्न २५ प्रतिशत पेनाल्टी तिर्यो। जसले गर्दा शक्तिको मूल्य  २ लाख ६२ हजार ५ सय रुपैयाँ पुग्यो। शक्तिले २ लाख १० हजार मात्र पाउने छन् भने पेनाल्टी रकम आयोजकलाई जानेछ।

सर्वाधिक महँगा खेलाडी बनेका ७ खेलाडी
सागर पुन– २ लाख ५० हजार – बुटवल ब्लास्टर्स 
अनिलकुमार साह–  २ लाख ५० हजार – चितवन राइनोज
करण केसी– २ लाख ५० हजार – चितवन राइनोज
मोहमद आरिफ शेख– २ लाख ५० हजार – चितवन राइनोज
बसन्त रेग्मी – २ लाख ५० हजार – काठमाडौं रोयल्स् 
रोहितकुमार पौडेल– २ लाख ५० हजार – पोखरा पल्टन
विनोद भण्डारी –२ लाख ५० हजार – पोखरा पल्टन

हेर्नुस कुन टिममा काे खेलाडी :

विराटनगर टाईटन्स :

दिपेश श्रेष्ठ – ९० हजार

शाहब आलम – १ लाख ५० हजार

जितेन्द्र मुखिया – ७५ हजार

राजेश पुलामी – १ लाख ५० हजार

किशोर महतो – ९० हजार

पुष्प थापा – ५० हजार

प्रदिप ऐरी – २ लाख ४० हजार

राजु रिजाल – ८५ हजार

जितेन्द्र सिंह ठकुरी – ६० हजार

सुनिल धमला – २ लाख २० हजार

रविन जोशी – ३० हजार

हिमान्सु दत्त – ५० हजार

चितवन राईनोज  :

अनिल कुमार साह – २ लाख ५० हजार

भुवन कार्की – १  लाख ५० हजार

राम नरेश गिरी – ८५ हजार

करण केसी – २ लाख ५० हजार

आरिफ शेख – २ लाख ५० हजार

सुमित महर्जन – ५० हजार

सोनु तामाङ – ८५ हजार

विनोद लामा – ७० हजार

हरि शंकर साह – ९० हजार

शक्ति गौचन – २ लाख ६२ हजार ५ सय (२५ प्रतिशत फाइन, बढी रकम खर्च गरेको कारण पेनाल्टी पाएको )

पोखरा  पल्टन :

रोहित कुमार पौडेल – २ लाख ५० हजार

बिनोद भण्डारी – २ लाख ५० हजार

ललित नारायण राजवंशी – १ लाख

रशिद खान – ७० हजार

कृष्ण कार्की – १ लाख

कुशल भुर्तेल – १ लाख ५० हजार

बिक्रम भुसाल – ५० हजार

महबुब आलम – १ लाख ६० हजार

आशिफ शेख – ८० हजार

इशान पाण्डे –  ५० हजार

दिभ्यान्सु मलिक – ३० हजार

बुटवल ब्लास्टर्स :

संसद शेख – ६० हजार

सिदान्त लोहनी – १ लाख ६० हजार

हरि चौहान – १ लाख

ललित सिंह भण्डारी – २ लाख

शंकर राना – ८० हजार

पुरण बिक – ३० हजार

सागर पुन – २ लाख ५० हजार

हसिम अन्सारी – ५० हजार

भिम सार्की – १ लाख ५० हजार

प्रकास केसी – ५० हजार

अविनाश बोहोरा –  १ लाख

नितेश थापा – ३० हजार

बिपिन खत्री – ३० हजार

हुलास काठमाडौं रोयल्स :

पवन सर्राफ – १ लाख ५० हजार

सुशान भारी – १ लाख ५० हजार

पृथु बास्कोटा – १ लाख २० हजार

अमर सिंह रौतेला  – १ लाख

आदिल खान – ५० हजार

नरेश बुढाएर – २ लाख ३० हजार

अमित श्रेष्ठ – १ लाख ५० हजार

सुमित झा -३० हजार

एक्स्पर्ट धनगढी ब्लुज :

मन्जित श्रेष्ठ – ५० हजार

योगेन्द्र सिंह कार्की – १ लाख १० हजार

सन्तोस भट्ट – ३० हजार

रोबिन क्षेत्रि – ६० हजार

सन्दीप सुनार – ९० हजार

कमल सिंह ऐरी – १ लाख ५० हजार

दिलीप नाथ – २ लाख ४० हजार

सागर ढकाल – १ लाख ३० हजार

सन्दीप जोरा – ९० हजार

निर्दोष अन्सारी – ३० हजार

सौरभ खनाल – १ लाख

बिक्रम ठगुन्ना – ३० हजार

सन्दीप रजाली – ३० हजार

तपाईको प्रतिक्रिया