काठमाडाैं – कार्तिक ९ गतेदेखि पोखरामा आयोजना हुने पोखरा प्रिमियर लिग पीपीएलमा अहिलेसम्म चार जना खेलाडी सर्वाधिक महंगो रकमा बिक्रि भएका छन् । अधिकतम मूल्य २ लाख ५० हजारमा विक्रि हुने खेलाडीमा विनोद भण्डारी, करन केसी, सागर पुन र अनिल कुमार साह रहेका छन् ।
विनोदलाई पोखरा पल्टनले लिएको छ । यसैगरी करन र अनिललाई चितवन राइनोजले २ लाख ५० हजार खर्च गरेर भित्र्याएकाे हाे । त्यसैगरी, सागरलाई बुटवलले अनुबन्ध गरेकाे छ । धनगढी ब्लुजले २ लाख ४० हजार खर्च गर्दै दिलिप नाथलाई लिएको छ । २ लाख ३० हजारमा काठमाडौं रोयल्सले नरेश बुढाएरलाई खरिद गरेको छ । २ लाख रुपैयाँमा ललित भण्डारी बुटवल ब्लास्टर्समा आवद्ध भएका छन् । सिद्धान्त लोहनीलाई पनि १ लाख ६० हजारमा बुटवललेनै लिएको छ ।
६ जना खेलाडीहरु १ लाख ५० हजारमा खरिद भएका छन् । त्यसमा काठमाडौं रोयल्सले पवन शर्राफ र सुशन भारीलाई लिएको छ । कमलसिंंह ऐरीलाई धनगढीले लिँदा भुवन कार्कीलाई पनि चितवनले १ लाख ५० हजार खर्च गरेको छ । विराटनगरले १ लाख ५० हजारमा साहब आलम र राजेश पुलामीलाई लिएको छ । १ लाख ३० हजारमा धनगढीले सागर ढकाललाई लिँदा १ लाख २० हजारमा काठमाडौं रोयल्सले पृथु बास्कोटालाई आवद्ध गरेको छ ।
योगेन्द्रसिंंह कार्की १ लाख १० हजारमा धनगढीमा आवद्ध भएका छन् । यसैगरी १ लाख मूल्यमा पाँच जना खेलाडी टिममा आवद्ध भएका छन् । जसमा पोखरा पल्टनले रोहित कुमार पौडेल र ललिनारायण राजवंशीलाई लिएको छ । त्यस्तै काठमाडौंले अमरसिंह रौटेलालाई खरिद गर्दा हरि चौहान बुटवल बलास्टर र प्रदीप ऐरी विराटनगरमा आवद्ध भएका छन् । ९५ हजारमा सन्तोष भट्टलाई धनगढीले खरिद गरेको छ ।
९० हजारमा तीन जनाको अक्सन भएको छ । त्यसमा विराटनगरले दिपेश श्रेष्ठ र किशोर महतोलाई लिएको छ भने, सन्दीप सुनुवार धनगढी ब्लुजमा आवद्ध भएका छन् । ८५ हजारमा राजु रिजाल विराटनगरमा आवद्ध हुँदा रामनरेश गिरि चितवन पुगेका छन् । ८० हजार खर्च गरेर शंकर रानालाई बुटवलले लिएको छ । ७५ हजारमा जितेन्द्र मुखिया विराटनगरमा आवद्ध भएका छन् ।
७० हजारमा रासिद खान पोखरा पल्टनमा आवद्ध भएका छन् । ६० हजारमा रविन क्षेत्रीलाई धनगढीले लिँदा ६० हजारमै मोहमद शम्सेद सिंंहलाई बुटवलले लिएको छ । चार जना खेलाडीहरु ५० हजारमा आवद्ध भएका छन् । जसमध्ये काठमाडौले आदिल खान, धनगढीले मञ्जित श्रेष्ठ, बुटवलले हसिम अन्सारी र विराटनगरले पुष्प थापालाई लिएको छ । सबैभन्दा कम मूल्यमा अहिलेसम्म पुरन विक मात्रै बिकेका छन् । उनलाई ३० हजारमा बुटवलले आवद्ध गरेकाे हो ।