Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – नेपाली युवा टोलीले यु-१९ एसिया कपमा राम्रो सुरुवात गर्न सकेन । प्रतियोगिताको पहिलो खेलमा नेपाल भारतसँग १ सय ७१ रनले पराजित भयो ।

यशस्वी जैसवालले शतक बनाएपछि भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर 3 सय ४ रन बनाएको थियो । ३ सय ५ रनको लक्ष्य पछयाएको नेपालले ३६.५ ओभरमा १ सय ३३ रन जोड्दा सबै विकेट गुमायो । भारतका जैसवालले १ सय १३ बलमा ८ चौका र ५ छक्का हान्दै १ सय ४ रन बनाए । सिमरन सिंहले ८२, आयुश बदोनिले २९, पवन शाहले १३ रन बनाए । नेपालका भिम सार्किले ४ तथा रशिद खानले २ विकेट लिए ।

३ सय ५ रनको लक्ष्य पछ्याएको नेपालका कुनै पनि ब्यट्सम्यानले खुलेर खेल्न सकेनन् । कप्तान आरिफ शेखले बनाएको २५ रन नै नेपालको इनिङमा बनेको सबै भन्दा ठुलो स्कोर हो । आरिफ बाहेक रोहितकुमार पौडेलले २४, सन्दीप जोराले २०, रबि शाहले १६ र रबिन्द्र शाहीले ११ रन बनाए ।

भारतका हर्ष त्यागी र सिद्दार्थ देसाइले ३/३ विकेट लिए भने मोहित जोराले २ विकेट लिए ।  नेपालले दोस्रो खेल अफगानिस्तानसँग सोमबार खेल्नेछ । अफगानिस्तानले शनिबार युएईलाई ६ विकेटले पराजित गरेको थियो ।

तपाईको प्रतिक्रिया