Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडाैं – बंगलादेशमा भैरहेको यू-१९ एसिया कप अन्तर्गत उद्घाटन खेलमा नेपालले ३०५ रनकाे लक्ष्य पाएकाे छ । निर्धािरत ५० अाेभरकाे खेलमा भारतले ९ विकेटकाे क्षतिमा ३०४ रन बनायाे ।

यसका लागि यशस्वी जैसवालले सर्वाधिक १०४ रन बनाए ।अाक्रामक खेल खेलिरहेका उनलार्इ ३५ अाैं अाेभरकाे ५ अाैं बलमा नेपालका रसिद खानले भीम सार्कीकाे हातबाट क्याच अाउट गराएका थिए । त्यसैगरी विष्फाेटक ब्याटिङ गरेका प्राभ सिमरन सि‌हले ६१ बलमा ८२ रन बनाएका थिए । बलिङतर्फ भीम सार्कीले ७ अाेभर बलिङ गर्दै ४२ रन खर्चेर महत्वपूर्ण ४ विकेट लिए । त्यसैगरी रसिद खानले ८ अाेभर बलिङ गर्दै ४५ रन खर्चेर २ विकेट हात पारे । कमल सि‌ह एेरी, सन्दिप झाेरा र सागर ढकालले समान १-१ विकेट लिए ।

नेपालले भारतविरुद्ध टस जितेर फिल्डिङ रोजेको थियाे । यसअघि, नेपाली बलरले लामो समयपछि भारतीय ओपनिङ ब्याट्सम्यानको पार्टनरसिप तोड्न सफल भएका थिए। नेपाली बलर भीम सार्कीले १७ औँ ओभरको अन्तिम बलमा देवदत्त पादिकललाई एलबीडब्ल्यू आउट गराएका थिए । अघिल्लो संस्करणमा सेमिफाइनलमा पुगेको नेपालको यसपटकको लक्ष्य फाइनल पुग्ने छ । यद्यपी एक पछि अर्को खेलमा राम्रो प्रदर्शन गर्दै अघि बढ्ने योजना नेपालको छ ।

नेपाल र भारत यू–१९ एकदिवसीयमा अहिलेसम्म सात पटक भिडेकोमा भारतकै पल्ला भारी छ । ६ खेल भारतले जितेको छ भने एक खेलमा नेपाल विजयी भएको छ । गत संस्करणको एसिया कपमा नेपालले भारतलाई पहिलो पटक पराजित गरेको थियो । त्यसअघिका ६ खेलमा पराजित भएको थियो । सन् २००० मा भएको यू-१९ विश्वकपमा नेपालले भारतसँग ८ विकेटको पराजय ब्यहोरेको थियो । त्यसपछि एकैपटक सन् २०१२ मा भएको यू–१९ एसिया कपमा नेपाल ८१ रनले पराजित भएको थियो ।

सन् २०१३ मा भारत ९ विकेटले विजयी भयो भने सन् २०१६ को यू–१९ विश्वकपमा भारत ७ विकेटले विजयी भएको थियो भने त्यसे वर्ष भएको एसिया कपमा पनि भारत ६ विकेटले विजयी भएको थियो ।

तपाईको प्रतिक्रिया