Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं –  १९ वर्ष मुनिको एसिया कप क्रिकेट प्रतियोगिता आज सुरु हुँदै छ ।

बंगलादेशमा हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै छ । नेपाल विजयी यात्रालाई अगाडि बढाउन उद्देश्यसहित मैदानमा उत्रँदै छ । गत संस्करणको समूह चरणको खेलमा नेपालले भारतलाई पराजित गर्दै सनसनी मच्चाएको थियो ।

मलेसियामा भएको उक्त प्रतियोगितामा नेपालले भारतलाई १९ रनले पराजित गरेको थियो । गत संस्करणमा नेपाल सेमिफाइनलसम्म पुगेको थियो । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा भारत, अफगानिस्तान र युएई छन् । त्यस्तै समूह बी मा श्रीलंका, बंगलादेश, पाकिस्तान र हङकङ छन् ।

एसिया कप हुनुअघि भारतमा भएको एक दिवसीय शृङ्खलामा नेपाल भारतका दुवै टोलीसँग पराजित हुँदा अफगानिस्तानलाई हराउन सफल भएको थियो । त्यसपछि तेस्रो स्थानका लागि भएको भिडन्तमा भने नेपाल अफगानिस्तानसँग पराजित भएको थियो ।

यसपटक मोहम्मद आसिफ शेखको कप्तानीमा मैदानमा उत्रने टिमले पुरानै लयलाई समात्नेमा आशावादी रहेको मुख्य प्रशिक्षक विनोद दासले बताएका छन् ।

तपाईको प्रतिक्रिया