Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

अर्घाखाँची – अर्घाखाँचीमा सर्वाधिक पुरस्कार राशीको क्रिकेट प्रतियोगिता अर्घाखाँची प्रिमियर लिग (एपीएल) को दोस्रो संस्करण आजदेखि सुरु हुँदै छ ।

सन्धिखर्कको टुडिखेल मैदानमा  दिउँसो २ बजे एक भब्य औपचारिक समारोहका बीच प्रतियोगिताको उद्घाटन हुने एपीएलका संयोजक तथा आयोजक संस्था अर्घाखाँची सामुदायिक विकास क्लबका अध्यक्ष ऋषिकेश भट्टराइले जानकारी दिनुभयो ।

प्रतियोगिता लिग सिस्टममा २०–२० फर्मेटमा खेलाइने र चार टिमको सहभागिता रहनेछ ।  जसमा विक्रमकुमार भुसालको कप्तानीमा एम्स स्टार, जगत क्षेत्री सन्जुको कप्तानीमा रोयल सन्धिखर्क, जीवन भट्टराईको कप्तानीमा नमस्ते अर्घाखाँची र त्रिभुज कार्किको कप्तानीमा सुपर सुपा इलाभेन मैदानमा उत्रनेछन ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. १ लाख ५ हजार र द्वितीय हुने टिमले नगद रु. ५५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् भने व्यक्तिगत प्रदर्शनका विभिन्न विधामा समेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले बताएको छ ।

तपाईको प्रतिक्रिया