Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं –  भोलीदेखि सुरु हुने ए डिभिजन लिग फुटबलको सम्पूर्ण तयारी पूरा भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । झण्डै पाँच वर्षपछि हुन लागेको ए डिभिजन लिग फुटबलको पहिलो खेलमा भोलि न्युरोड टि (एनआरटी) र त्रिभुवन आर्मी क्लव भिड्दैछन् ।

दोस्रो खेलमा संकटा क्लव र सरस्वती क्लव भिड्नेछन् । यसपछि नेपाली राष्ट्रिय फुटबल टोली बंगबन्धु गोल्डकप खेल्न बंगलादेश जाने भएकोले लिग रोकिनेछ । लिगका बाँकी खेलहरु बंगबन्धु गोल्डकप फुटबलको समाप्तीपछि सुचालु हुनेछन् ।

१४ क्लब सहभागी ए डिभिजन लिगबाट यसपटक कुनै पनि क्लब रेलिगेशन हुने छैनन् ।

तपाईको प्रतिक्रिया