Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – लिभरपूललाई हराउँदै चेल्सी इङ्गलिस लिग फुटबल (इएफएल) कपको चौथो चरणमा उक्लिएको छ । गएराती लिभरपूलको मैदान एन्फिल्डमा भएको खेलमा पाहुना टोली चेल्सी २–१ ले विजयी भयो ।

खेलको ५९ औं मिनेटमा ड्यानिएल स्टरीजले गोल गर्दै लिभरपूललाई अग्रता दिए । ७९ औं मिनेटमा एमर्सनको गोलमार्फत चेल्सी खेलमा फर्कियो । ८६ औं मिनेटमा एडिन हाजार्डले गोल गर्दै चेल्सीको जित पक्का गरे ।

लिभरपूलको यो हार जारी सिजनमा कुनैपनि प्रतियोगितामा पहिलो हार हो । इंग्लीश प्रिमियर लिगमा सुरुवाती ६ खेल जितेको लिभरपूलले सातौं खेलमा यो हप्ता चेल्सीसँगै खेल्दैछ । इएफएल कप फुटबलकै अर्को खेलमा आर्सनलले ब्रेन्टफोर्डलाई ३–१ ले हरायो ।

आर्सनलको जितमा ड्यानि वेल्बेकले दुई तथा अलेक्जेण्डर लाकाजेट्ले एक गोल गरे । यसैगरी टोटनह्याम हट्सपरले वाट्फोर्डलाई टाई ब्रेकरमा पराजित गर्दा नटिङ्घम फरेष्टले स्टोक सिटीलाई ३–२ ले पराजित गर्यो ।

तपाईको प्रतिक्रिया