Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

ललितपुर – ललितपुर जिल्ला राष्ट्रिय टेनिस प्रतियोगिताको पुरुषतर्फ निक रासट्रप र महिलातर्फ प्रेरणा कोइराला च्याम्पियन बनेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा बुधबार भएको फाइनलमा पुरुषतर्फ निकले जितेन्द्र परियारलाई २-१ को प्रतिस्पर्धात्मक सेटमा पराजित गरे ।

पहिलो सेटमा ४-६ ले गुमाएका निकले त्यसपछिका दुई सेटमा क्रमसः ७-५ र ६-३ को जित निकाल्दै उपाधि पक्का गरे । त्यस्तै महिलातर्फ प्रेरणाले माहिका राणाको चुनौती पन्छाउँदै उपाधि जितिन् । उनले पनि १-० ले पछि परेको स्थितिलाई उल्टाउँदै २-१ को सेटमा खेल आफ्नो पक्षमा पारिन् ।

पहिलो सेट ०-६ ले हारेकी प्रेरणाले दोस्रो सेट उत्कृष्ट पुनरागमन गर्दै ६-३ ले जितिन् । त्यस्तै तेस्रो सेट पनि ६-२ ले जितेर उनले सनसनीपूर्ण रुपमा उपाधि उठाइन् । प्रतियोगिता अन्तर्गत महिला डबल्सको उपाधि माहिका र मायांका दिदीबहिनी तथा पुरुष डबल्सको उपाधि कमल भण्डारी र प्रणव खनालको जोडीले मंगलबार नै जितेका छन् । प्रतियोगिता ५ दिनसम्म चलेको थियो ।

तपाईको प्रतिक्रिया