Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं –   ढोरपाटन क्लबको आयोजनामा आजदेखि ओप्स टु ‘ए’ साइड पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु हुँदैछ । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा १३ गतेसम्म संचालन हुने प्रतियोगितामा पुरुषतर्फ ३२ टोली सहभागि हुने क्लबका अध्यक्ष मनवीर छन्त्यालले जानकारी दिए ।

यस्तै महिलातर्फ सहभागि हुने क्लबको आजै टुंगो लाग्ने उनको भनाइ छ । पुरुषतर्फको विजेताले ४० हजार, दोस्रो हुनेले २० हजार तथा तेस्रो हुनेले ५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । महिलातर्फको विजेताले २० हजार, उपविजेताले १० हजार र तेस्रो हुनेले ५ हजार पाउनेछ ।

प्रतियोगितालाई अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) ले प्रायोजन गर्दैछ । मंगलबार भएको सम्झौतामा  क्लबका अध्यक्ष मनवीर छन्त्याल र ओप्सका अध्यक्ष लोकेन्द्र बहादुर खड्काले हस्ताक्षर गरे । सम्झौता अनुसार ओप्सले प्रतियोगितालाई १ लाख २० हजार उपलब्ध गराउनेछ ।

तपाईको प्रतिक्रिया