Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं –  बंगलादेशमा हुने बंगबन्धु कप फुटबलमा सहभागिता जनाउने नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण आजबाट सुरु हुँदैछ ।

दुई साताअघि बंगलादेशमै भएको साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा पराजित भएको नेपाली टोली फेरि बंगबन्धु कप खेल्न बंगलादेश जान लागेको हो । नेपाली टोली आगामी आइतबार त्यसतर्फ प्रस्थान गर्नेछ ।

त्यसअघि टोलीले आजबाट सशस्त्र प्रहरी मुख्यालय हलचोकको घाँसे मैदानमा केही दिन प्रशिक्षण गर्नेछ । बंगबन्धु कप फुटबलका लागि नेपाली टोलीमा दुई परिवर्तन गरिएको छ । विदेशी लिगमा खेलिरहेका गोलरक्षक किरण चेम्जोङ र मिडफिल्डर रोहित चन्द यस प्रतियोगिताको लागि उपलब्ध हुने छैनन् ।

किरणको ठाउँमा विशाल श्रेष्ठ तथा रोहितको ठाउँमा तेज तामाङले राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । नेपालले बंगबन्धु कपमा साविक विजेताको हैसियतमा खेल्न लागेको हो ।

पछिल्लो संस्करणमा बहराइनको युवा टोलीलाई हराउँदै नेपालले उपाधि जितेको थियो ।

तपाईको प्रतिक्रिया