Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडाैं – भारतको आगरामा जारी एसियन स्कुल यू-१८ च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत अाज नेपालले इन्डोनेसियाको सामना गर्दैछ । आगरास्थित प्रिल्युड पब्लिक स्कुल स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ : ४५ मा खेल सुरु हुने छ ।

समूह ‘ए’ अन्तर्गत शनिबार भएको खेलमा थाईल्याण्डले २-० गोल अन्तरले पराजित गरेका कारण पनि इन्डोनेसिया विरुद्धको खेलमा अाज नेपाललाईजित्नै पर्ने दवाव छ । नेपालले सेमिफाइनलमा पुग्न पनि इन्डोनेसियालाई हराउनुको विकल्प छैन । उसले आइतबारको खेलमा अफगानिस्तानलाई १०-० गोलको भारी अन्तरले पराजित गर्‍यो । यदी नेपालले अाजको खेल जित्न नसके अघि बढ्नका लागि समूह ‘ए’ अन्तर्गत रहेका चीन र थाईल्याण्डलाई भारी गोल अन्तरले पराजित गर्नु पर्ने हुन्छ ।

नेपाली टिमका व्यवस्थापक रुपेश अधिकारीले समूह चरणबाट अघि बढ्नका लागि इन्डोनेसिया विरुद्ध जित निकाल्न नसके लगभग नेपालको सम्भावना सकिने बताए । उनले सोमबारको खेल जितेर पनि त्यसपछि चीन र अफगानिस्थानलाई हराउन सक्दा मात्रै नेपालको सेमिफाइनल यात्रा सुरक्षित हुन्छ । इन्डोनेसियासँगको खेल जित्न नसके गत शनिबार अफगानिस्तानलाई ९–० गोल अन्तरले पराजित गरेको चीनलाई भारी गोलअन्तरले नेपालले हराउन सक्ने सम्भावना रहँदैन । अधिकारीले इन्डोनेसियालाई पराजित गर्न नसकेको अवस्थामा नेपाली टोलीले आश मार्नु पर्ने अवस्था आउने बताए ।

प्रतियोगित अन्तर्गत समूह ‘ए’मा थाईल्याण्ड, इन्डोनेसिया, अफगानिस्थान र चीन रहेका छन् । समूह ‘बी’मा आयोजक राष्ट्र भारत, भुटान, दक्षिण कोरिया, मलेसिया र श्रीलंका रहेका छन् ।

तपाईको प्रतिक्रिया