Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं –  इंग्लिश फुटबल क्लबहरु चेल्सी र आर्सनलले युरोपा लिग फुटबलमा विजयी सुरुवात गरेका छन् । गएराति भएको समूह ‘एल’को खेलमा चेल्सीले ग्रिसको पिएओके सालोनिकालाई १–० ले हरायो । चेल्सीका लागि ब्राजिलियन खेलाडी विलियनले निर्णायक गोल गरे ।

यही समूहको अर्को खेलमा बेलारुसको बाते बोरिसोभले हंगेरीको मोल भिडी एफसीलाई २–० ले पराजित गर्‍यो ।  यसैगरी युरोपा लिगकै अर्को खेलमा आर्सनलले युक्रेनको भोर्सकालालाई ४–२ ले हरायो । खेलमा आर्सनललाई विजयी गराउन पिएरे एमरिक औबामायङ्गले दुई गोल गरे भने मेसुत ओजिल र ड्यानी वेलबेकले एक–एक गोल गरे ।

यूरोपा लिग फुटबलकै अन्य खेलहरुमा जर्मनीको बायर लिभरकुजेनले बुल्गेरियाको लुदोगोरेट्स राज्गार्डलाई ३–२ ले हराउँदा स्कटल्याण्डको सेल्टिकले नर्वेको रोजेनवर्गलाई १–० ले, क्रोएसियाको डाईनामो जाग्रेबले टर्कीको फेनरबाचेलाई ४–१ ले हराएका छन् ।

ईटालीको लाजियो र एसि मिलान, पोर्चुगलको स्पोर्टिङ, टर्कीको बेसीक्तास र स्पेनको सेभियाले पनि युरोपा लिग फुटबलमा विजयी सुरुवात गरेका छन् ।

तपाईको प्रतिक्रिया