Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडाैं – भारतको लखनउमा जारी यू -१९ एकदिवसीय क्रिकेटमा अफगानिस्तानले नेपाललाई २४५ रनको लक्ष्य दिएको छ । टस जितरे पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा ८ विकेट गुमाएर २४४ रन बनाएको थियो ।

अफगानिस्तानका लागि रियाज हसनले शतकीय पारी खेल्दै ११६ रन बनाएर नट आउट रहे । १४९ बल खेलेका हसनले १२ चौका तथा २ छक्का प्रहार गरेका थिए ।बसिर खानले ३२, आरिफ खानले २४ तथा इजाज अहमदले १९ रन जोडेका थिए । नेपालका पवन शर्राफ, सागर ढकाल र मोहम्मद समसेदले समान दुई दुई विकेट लिएका थिएभने रसिद खानले १ विकेट लिए ।

भारतका दुई तथा नेपाल र अफगानिस्तान सहित ४ टिम सहभागी प्रतियोगितामा नेपाल र अफगानिस्तान तेस्रो स्थानका लागि भिडेका हुन् । नेपाल भारतका दुवै टिमसँग पराजित भएको थियो भने अफगानिस्तान भारतका दुबै टिम र नेपालसँग पनि पराजित भएको थियो ।

तपाईको प्रतिक्रिया