काठमाडौं – एसिया कप क्रिकेटमा आज हङकङ र भारत भिड्दैछन् । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार साँझ सवा ५ बजे खेल सुरु हुने छ ।
आजको खेलमा भारत विजयी भए एक खेल अगावै सेमिफाइनलमा प्रवेश गर्ने छ । तर भारतलाई पराजित गर्न सकेमा हङकङको पनि सेमिफाइनल पुग्ने सम्भावना कायमै रहनेछ । हङकङ पहिलो खेलमा पाकिस्तानसँग ८ विकेटको पराजित भएकाले जित्नै पर्ने दबाब छ ।
भारत र हङकङबीच सन् २००८ मा एसिया कपमा प्रतिस्पर्धा भएको थियो । जसमा भारत २५६ रनले विजयी भएको थियो ।